Admission Open

लुम्बिनी र गण्डकी दुई प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं, १२ साउन : राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को साउन १२ गते मंगलबार बसेको बैठकले यसअघिका दुबै प्रदेश प्रमुखलाई पदमुक्त गर्दै लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्न सिफारिस गरेको थियो । नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

[ हेर्नुहोस् विज्ञप्ति ]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...