Admission Open

नेपालमा थपिए २ हजार २३७ जना कोरोना संक्रमित, १८ जनाको निधन 

काठमाडौं, १० साउन :  पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५० जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८३४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख २८ हजार ८१२ जनाको पीसीआर एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...