Admission Open

रेनो काइगर एसयूभीको बिक्री आजबाट सुरु : अब ग्राहकले किन्न पाउने

काठमाडौं । रेनो काइगर एसयूभीको आजबाट बिक्री सुरु भएको छ । आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले आजबाट सब फोर मिटर एसयूभीको बिक्री सुरु गरेको हो ।

युवापुस्ता लक्षित काइगर नेपालमा बिक्री सुरु हुने सबैभन्दा कम मूल्यको एसयूभी हो । यसको सुरुवाती भेरियन्टको मूल्य २८ लाख ४९ हजार निर्धारण गरिएको भएपनि अन्य भेरियन्टको मूल्य सार्वजनिक भएको छैन ।

काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर नयाँ एसयूभीमा पाउन सकिन्छ ।
कम्पनीले यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । जसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका धेरै फिचर काइगरमा पाउन सकिन्छ ।

विभिन्न ६ फरक कलर भेरियन्टमा उपलब्ध हुने काइगरमा १।० लिटर नेचुरल एस्पायर्ड र १।० लिटर टर्बो इन्जिन अप्सन उपलब्ध रहने छ । यसलाई ५ स्पीड म्यानुअल र सिभीटी गियरबक्समा ल्याएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...