Admission Open

कस्ता मोबाइल फोन चल्दैनन् साउन १ देखि

काठमाडौँ : भोलि साउन १ गतेदेखि ‘अवैध मोबाइल’ फोन सरकारले नचल्ने बनाउँने भएको छ । ‘अवैध’ रूपमा कर छलेर नेपाल भित्रिएका मोबाइलहरु साउन १ गतेदेखि नचल्ने भएका हुन्।

विदेशबाट आफैँले प्रयोग गरेर ल्याएका र कसैबाट उपहार पाएका मोबाइल फोनहरु नचल्ने हुन कि भनेर त्यस्ता तमाम फोन प्रयोगकर्ताहरु डराईरहेका छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले त्रसित हुने पर्ने कुनै कारण छैन् ।
आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्व बढाउनसमेत यस्तो नियम कडाइका साथ लागू गर्न लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् । रजिस्टर गरेन भने सेवामा रहँदैन । रजिस्टर गर्न तपाईले शुल्क तिर्नुपर्छ ।

हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभए पनि साउन एक गतेपछि सञ्चालनमा आउने मोबाइलमा यो नियम कडाइका साथ लागू हुनेछ ।

नेपालमा खरिद गरिएका मोबाइलमा नेपाल भित्र्याउने कम्पनीले रजिस्टर गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँंग हुने र बाहिर–बाहिर ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रणका लागि मोबाइल रजिस्ट्री अनिवार्य गरेको प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म चलेका मोबाइल दर्ताभन्दा पनि अब नयाँ भित्रिने मोबाइलमा केन्द्रित भएर काम गरेको प्रवक्ता पौडेलको भनाइ छ । तर दर्ता गर्छु भनेर आउँनेलाई सरकारले सेवा दिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...