Admission Open

पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि, २९ जनाको निधन

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५०४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ३७४ जनाको आरटी पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टामा देशभर १ हजार २८६ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप २९ जना संक्रमितको निधन भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...