Admission Open

हेटौँडा अस्पतालमा डायलासिस सेवा 

वाग्मती, १५ असार : वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा डायलासिस मेसिन र पूर्वाधारसमेत तयार पारेपछि अस्पतालमा डायलासिस सेवा सेवा सञ्चालन भएको हो ।

अहिले पाँचवटा मेसिनमार्फत मिर्गौलाका बिरामीको डायलासिस शुरु गरिएको छ । यस सेवाका लागि उपमहानगरपालिकाको समन्वय र सहयोगमा डायलासिस मेसिन ल्याएर सेवा सञ्चालनमा गरिएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अडायलासिस सेवा सञ्चालनपछि सेवा लिनका लागि यसअगावै चितवन, काठमाडाँै, वीरगञ्जलगायतका जिल्लामा जानुपर्ने बिरामीको बाध्यता अब अन्त्य हुने विश्वास लिइएको छ ।

अस्पतालले डायलासिस सेवा पनि दिन थालेकाले स्वास्थ्य क्षेत्रमा काँचुली फेरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विष्णुराज जोशीले बताउनुभयो । अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा शुरु गरिएको हो । नगरवासीलाई स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उद्देश्यले उपमहानगरपालिकाको प्रयासमा हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

यसैबीच वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा सोमबार हेटौँडा–४ हुप्राचौरमा वृक्षरोपण गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले शहरमा वृक्षरोपण गर्नु अत्यन्त महत्वपूर्ण काम रहेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...