Admission Open

काँग्रेस पदाधिकारी बैठक आज

काठमाडौं, १३ असार : १४ औं महाधिवेशन र क्रियाशिल सदस्यता विवाद मिलाउनेबारे छलफल गर्न नेपाली काँग्रेस पदाधिकारी बैठक आज, दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा कांग्रेसको क्रियाशिल सदस्यता विवादबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।
सदस्यता छानविन समितिका अनुसार प्रदेश दुईअन्तर्गत बारा र सप्तरी जिल्लाका आठवटा निर्वाचन क्षेत्रले क्रियाशिल सदस्यता इन्ट्री नै गरेको छैन भने धनुषाको एउटा निर्वाचन क्षेत्रले सदस्यता सूची पठाए पनि नाम विवादका कारण सार्वजनिक गरेको छैन ।

बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ भने काभ्रेको एउटा निर्वाचन क्षेत्रको नाम पनि सार्वजनिक गरिएको छैन ।

बर्दिया, प्यूठान, पूर्वी रुकुम र डडेल्धुराको नाम पनि सार्वजनिक गरिएको छैन । छानबिन समितिले क्रियाशिल सदस्यता इन्ट्री गर्न बाँकी निर्वाचन क्षेत्रलाई असार १२ गतेसम्मको समय दिएको थियो भने दिएको समयसीमा पनि घर्किसकेको छ ।
क्रियाशिल सदस्यताको काम समयमा सम्पन्न गर्न नसक्दा भदौ १६ र १९ गतेका लागि निर्धारण गरिएको महाधिवेशन सम्पन्न गर्न कति सम्भव होला भन्ने चिन्ता काँग्रेसभित्र रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...