Admission Open

सप्तकोसी आसपासका क्षेत्रमा उच्च सर्तकता

भारतले सप्तकोसी व्यारेजका सबै ढोका नखोल्दा सधै त्रास

सुनसरी : पूर्वी पाहाडी जिल्लाहरुमा बर्षात हुन थालेपछि सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएसंगै स्थानीय प्रशासनले सप्तकोसी आसपासका क्षेत्रका वासिन्दालाई उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ ।

सप्तकोसीमा पानीको बहाव प्रतिसकेण्ड एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च हँुदासमेत भारतले सप्तकोसीब्यारेजका सबै ढोका नखोल्ने गरेका कारण सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलंका टापुका बासिन्दा त्रसित हुने गरेका छन् ।

सप्तकोसी आसपासका क्षेत्रमा असार, साउन र भदौ महिना खतरा मानिन्छ । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसी आसपासका क्षेत्रका वासिन्दा वर्षेनी त्रासमा बस्नु परेको स्थानीयको गुनासो छ । सप्तकोसीका वासिन्दालाई सुरक्षित बनाउन सप्तकोसीको नियमित तटबन्ध निर्माण र कोसी व्यारेजका सबै ढोका खुल्ला गर्न स्थानीयले माग गरेका छन् ।
स्थानीय रविन घिमिरेले भन्नुभयो, २०२२ सालमा सप्तकोसीमा ब्यारेज बनेसंगै सुनसरी, उदयपुर र सप्तरीका करिव १० हजार सर्बसाधारणले घरखेत गुमाउनु परेको थियो । सप्तकोसीबाट विस्थापित भएकाहरु अहिले सुकुम्वासी भएर कष्टकर जीवन विताई रहेका छन् । कोसीले घरखेत बगाएपश्चात विस्थापित हुँदासमेत हालसम्म क्षतिपुर्ति नपाएको सप्तकोसी पीडितहरुको दुखेसो पोखेका छन् ।

सप्तकोसी पीडित पदमबहादुर सापकोटाका अनुसार, लगातारको वर्षातका कारण सप्तकोसीमा पानीको बहाव बढेसँगै यस क्षेत्रका वासिन्दाको सुरक्षाका लागि सशस्त्र प्रहरीले तालिम प्राप्त गोताखोरसहितको उद्धार टोली, तयारी सहितको उद्धार टोली तयार पारिएको छ । सप्तकोसीको चतरा, हरिपुर र कोसी ब्यारेजमा तालिम प्राप्त सशस्त्र प्रहरी सप्तकोसी आसपासका क्षेत्रका सर्बसाधारणको उद्धारका लागि दर्जनौ सशस्त्र प्रहरी तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले बताउनु भयो ।

भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा आफु अनुकुल मात्र ब्यारेजका ढोका खा्ल्ने गरेका कारण नेपालीहरु त्रसित हुनु परेको स्थानियको गुनासो छ । सुनसरीको महेन्द्र नगर, प्रकासपुर, मधुवन र हरिपुरका वासिन्दा बर्षा याममा सधै त्रासमा बस्न बाध्य छन् ।

सप्तकोसीमा आएको बाढिले क्षति नपुर्यायस भनेर यस क्षेत्रमा उद्धार सामाग्री सहित नेपाल, प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना तयारी अबस्थामा राखिएको छ । स्थानीय प्रशासनले सप्तकोसीको स्थलगत निरीक्षण गरी यस क्षेत्रका वासिन्दालाई समेत सचेत गराई सकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो ।

 

भारतले सप्तकोसीका सबै ढोका नखोलेकै कारण २०६५ साल भदौ २ गते राति कोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सुनसरीको साविकका श्रीपुर, हरिपुर, लौकही र पश्चिम कुसाहा गाविसका हजारौ स्थानीयले घरखेत गुमाउनु परेको थियो । सप्तकोसीमा संघिय सरकारले समन्वय गरि कोसी ब्यारेजका सबै ढोका नखोल्ने हो भने अझै पनि सप्तकोसी आसपासका वासिन्दा ढुक्कले बस्ने अबस्था छैन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...