Admission Open

माओवादी केन्द्रीय समितिको आकस्मिक बैठक : दल बदलेका नेतामाथि कारवाहीको निर्णय

काठमाडौं, ७ असार : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले दलबदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने औपचारिक निर्णय गरेको छ ।

आकस्मिक रुपमा सोमबार बिहान भर्चुअल माध्यमबाट बसेको बैठकले माओवादी केन्द्रबाट चुनाव जितेका र हाल अरु पार्टीमा प्रवेश गरेका स्थानीयदेखि केन्द्रीय तहसम्मका नेताहरुमाथि कारबाहीको निर्णय गरेको छ ।

स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरुलाई पार्टी छोडेको भन्दै माओवादी केन्द्रले केन्द्रीय समितिबाट कारबाहीको निर्णय गरेको हो ।

केन्द्रीय समितिबाट कारबाही हुनुपर्ने प्रावधानका कारण यस अघि गरिएको कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सोमबार आकस्मिक रुपमा बसेको बैठकले सो निर्णय गरेको हो ।

यसअघि गत लीलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरु निर्वाचन आयोग पुगेर पार्टी छोडेकाहरुको दल त्याग गरेको सूचना प्रकाशित नगरेको भन्दै आयोग पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।

साथै सोमबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषष्मा ब्रिफिङ गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...