Admission Open

आज गण्डकी प्रदेशमा कांग्रेसका कृष्णचन्द्र पोखरेलको नेतृत्वमा नयाँ सरकार बन्दै

पोखरा, २९ जेठ / गण्डकी प्रदेशले आज नयाँ सरकार पाउने भएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । उनले आज शनिबारसम्मको समयसिमा तोकेर सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

प्रदेश प्रमुखले आह्वान गरेको दुई घण्टामै प्रदेश सभाका विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सदस्यहरुको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । उनले आफुसंग बहुमत रहेको भन्दै मुख्यमन्त्री नियूक्त गर्न बहुमत सांसदको हस्ताक्षर बुझाएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफुले प्रक्रिया भोलि बढाउने बताएपछि शुक्रबार सरकार बन्न सकेन् । गण्डकी प्रदेशमा सम्भवत गण्डकीमा नयाँ सरकार बन्ने छ ।

कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २ ९कृष्ण थापा बाहेक ०, जनता समाजवादीका २, स्वतन्त्र सांसद दीपक मनाङे सहितको हस्ताक्षर सहित बहुमत सदस्यहरु काँग्रेस नेतृत्वमा सरकार गठनका लागि तयार भएका हुन् ।मुख्यमन्त्री गुरुगले गत बिहिबार विश्वासको मत लिएका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका थिए । अविश्वासमा ३० र १ जना तटस्थ बसेका थिए। १ सांसद अनुपस्थित रहे । जनमोर्चाका कृष्ण थापाले तटस्थ बसेका थिए भने युवा तथा खेलकुदमन्त्री संसदमा उपस्थित भएनन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...