Admission Open

फेरि मन्त्रीपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री, नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे हुने तयारी

काठमाडौं, २७ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । हाल सात वटा मन्त्रालयको जिम्मा आफैँले लिएका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् । नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे हुने तयारी भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।

गृहमन्त्रीमा खगराज अधिकारी र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा बनाइँदैछ भने नारदमुनि रानालाई वनमन्त्री, मोहन बानियाँलाई विनाविभागीय, ज्वालाकुमारी साहलाई कृषि, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...