Admission Open

बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना : अबस्था खतरा मुक्त 

काठमाडौं / बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको मुटुमा अचानक समस्या देखिएपछि श्रेष्ठलाई गंगालाल अस्पताल भर्ना गरिएको छ।

कलाकारको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा. धर्मा यादवले जानकारी दिनुभयो । हिजो गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएको हो।

श्रेष्ठलाई आज डिलक्स रुममा सारिएको समेत डा. यादवले बताउनुभयो । अहिले उहाँको अबस्था खतरा मुक्त रहेको अस्पताल स्रोतले जनाएको छ। श्रेष्ठ केही अघि मात्र कोरोना संक्रमणबाट मुक्त हुनु भएको थियो ।
कलाकार श्रेष्ठको जन्म वि. सं. २००७ साल वैशाख ७ गते काठमाडौँमा भएको हो। उहाँ रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...