Admission Open

जीवनका लागि वातावरणमैत्री र सन्तुलित विकास आवश्यक : प्रदेश प्रमुख 

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले स्वस्थ मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक रहेको बताएकी छन् । विश्व वातावरण दिवस ९जुन ५० को अवसरमा सम्पूर्ण मानवजातिलाई शुभकामना व्यक्त गर्दै उहाँले प्राणी जगतको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले विशेष ध्यान दिन नसक्दा आज विभिन्न खालका समस्या र चुनौतीहरु देखा परेको जनाउँदै स्वच्छ वातावरण तर्फ अग्रसर हुन आग्रह गरेकी छन् ।

 

शुभकामना सन्देशमा “स्वच्छ, सफा र हराभरा प्रकृति मानव र प्राणी जगतको स्वस्थ जीवनसँग जोडिएको हुन्छ । प्राणी जगतको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले विशेष ध्यान दिन नसक्दा आज विभिन्न खालका समस्या र चुनौतीहरु देखा परेका छन् ।” मानवीय असन्तुलित क्रियाकलापका कारण एकमात्र जीवन सम्भव रहेको सौर्य मण्डलको ग्रह पृथ्वीमा रहेका प्राकृतिक स्रोतहरु जल, जमीन, जंगल र वायू दिनप्रतिदिन प्रदुषित हुँदै गइरहेका छन् । जसका कारण विभिन्न समयमा प्राकृतिक प्रकोप र अनेक महामारीहरु निम्तिरहेको उल्लेख गरिएको छ ।

यसलाई नियन्त्रण गर्न एक मात्र आधार भनेको वातावरणमैत्री सन्तुलित विकासका निम्ति तर्जुमा भएका नीति, नियम कानुनको कडाइका साथ पालना गर्दै सोको कार्यन्वयनमा सबै सरोकारवाला निकायहरुले आफ्नो जिम्मेवारी र कर्तव्य सम्झेर पालना गर्न सम्पूर्ण मानव जातिलाई आग्रह गरेकी छन् ।

अहिले कोरोना महामारीसँग मानव जगत संघर्ष गरिरहेको जनाउँदै महामारीलाई परास्त गर्न स्वच्छ हावा र गुणस्तरीय प्राकृतिक स्रोत र साधनको पनि उत्तिकै महत्व रहेको सन्देशमा उल्लेख छ । यसको संरक्षण गर्दै दीगो विकास र वातावरण संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापन गर्ने तर्फ सबैले जिम्मेवारी र दायित्व बोध गरेर अघि बढ्न आव्हान समेत गरेकी छन् ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ जुन ५ देखि विश्व वातावरण दिवस मनाउँदै आइएको छ । मानव र प्राणी जगतको जीवन र सभ्यताको प्रमुख आधारको रुपमा रहेको प्रकृतिको संरक्षण गर्ने उद्देश्यका साथ मनाउन थालिएको वातावरण दिवसको यस वर्षको राष्ट्रिय नारा “नयाँ सोच र सृजना, प्राकृतिक प्रणालीको पुनःस्थापना” भन्ने रहेको छ । नेपालको संविधानले पनि सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ भने सरकारले सन्तुलित, दीगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...