Admission Open

ad place

राष्ट्रिय कर दिवसमा ग्रीन डेभलपमेन्ट बैंक सम्मानित

पोखरा । राष्ट्रिय कर दिवस–२०८३ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय, बागलुङले आर्थिक वर्ष २०८१/०८२ मा आफ्नो कार्यक्षेत्रभित्र सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रूपमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडलाई सम्मान गरेको छ ।

TVS_Golden key

कार्यालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद आचार्यको उपस्थिति रहेको थियो । साथै, बागलुङ उद्योग बाणिज्य संघ तथा म्याग्दी उद्योग बाणिज्य संघका पदाधिकारी एवं प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

राज्यको राजस्व संकलनमा उल्लेखनीय योगदान पु¥याउँदै सर्वाधिक कर दाखिला गरेको भन्दै बैंकलाई सम्मानपत्र प्रदान गरिएको हो । उक्त अवसरमा आन्तरिक राजस्व कार्यालय, बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले बैंकका प्रमुख कार्यकारी अधिकृत श्री हरि बहादुर बुढाथोकीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा उपस्थित वक्ताले पारदर्शी वित्तीय कारोबार, करप्रतिको जिम्मेवारी तथा नियमित कर भुक्तानीले मुलुकको आर्थिक समृद्धि र विकास निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गरे ।

सम्मान ग्रहण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले आगामी दिनमा पनि राज्यका नीति, नियम तथा प्रचलित कर कानुनको पूर्ण पालना गर्दै गुणस्तरीय बैंकिङ सेवा प्रवाहमार्फत राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निरन्तर योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

यस सम्मानले ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संस्थागत सुशासन, वित्तीय पारदर्शिता तथा राज्यप्रतिको आर्थिक दायित्व निर्वाह गर्ने प्रतिबद्धतालाई थप प्रोत्साहन गरेको छ । बैंकले आगामी दिनमा पनि जिम्मेवार बैंकिङ अभ्यासलाई आत्मसात् गर्दै आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...