Admission Open

ad place

सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

TVS_Golden key

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम आज पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले घटेको छ। बुधबार ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...