
काठमाडौं : सामाजिक विषयवस्तु र सकारात्मक परिवर्तनको सन्देश बोकेका चलचित्रलाई प्रोत्साहन गर्दै आएको अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल ‘अल्टरनेटिभा फिल्म फेस्टिभल’ (एएफएफ) ले सन् २०२७ मा आयोजना हुने चौथो संस्करणका लागि आवेदन खुला गरेको छ ।
सन् २०२७ को अन्त्यतिर पहिलो पटक अफ्रिकामा आयोजना हुन लागेको फेस्टिभलमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन् । फेस्टिभलअन्तर्गत फिचर फिल्मतर्फ तीनवटै क्षेत्रका चलचित्रकर्मीले आवेदन दिन पाउनेछन् भने सर्ट फिल्मतर्फ अफ्रिकी चलचित्रकर्मीलाई मात्र आवेदन दिने व्यवस्था गरिएको छ ।
कुल १ लाख २० हजार अमेरिकी डलर पुरस्कार राशि रहेको फेस्टिभलका लागि सन् २०२६ अक्टोबर २९ देखि सन् २०२७ मार्च १ सम्म निःशुल्क आवेदन दिन सकिनेछ । फेस्टिभल आयोजना हुने देश, सहर र निश्चित मिति भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
अल्टरनेटिभा फिल्म फेस्टिभल विश्वव्यापी मोबिलिटी सेवा प्रदायक कम्पनी इनड्राइभको सहयोगमा सञ्चालित गैरनाफामूलक चलचित्र पहल ‘अल्टरनेटिभा’ अन्तर्गत आयोजना हुँदै आएको छ । इनड्राइभका फाउन्डर तथा सी.ई.ओ आर्सेन टम्स्कीले स्थापना गरेको यस पहलले विशेषगरी ग्लोबल साउथ अर्थात् विकासशील तथा उदीयमान क्षेत्रका चलचित्र र चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ ।
कलात्मक उत्कृष्टतासँगै सामाजिक परिवर्तनमा योगदान पु¥याउन सक्ने चलचित्रको पहिचान, प्रवद्र्धन र सम्मान गर्नु फेस्टिभलको मुख्य उद्देश्य हो । यसले चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय दर्शकमाझ आफ्ना सिर्जना प्रस्तुत गर्ने, पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने, व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा नयाँ सहकार्यका अवसर प्राप्त गर्ने मञ्च प्रदान गर्दै आएको छ ।
सन् २०२३ मा काजाकिस्तानको अल्माटीबाट सुरु भएको अल्टरनेटिभा फिल्म फेस्टिभल सन् २०२४ मा इन्डोनेसियाको योग्याकार्ता र सन् २०२६ मा कोलम्बियाको मेडेलिनमा आयोजना गरिएको थियो । प्रत्येक संस्करण फरक क्षेत्रमा आयोजना गर्ने अवधारणाअनुसार चौथो संस्करण अफ्रिकामा गर्न लागिएको हो ।
यससँगै फेस्टिभलले आफ्नो अन्तर्राष्ट्रिय पहुँच थप विस्तार गर्ने तथा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीबीच अनुभव आदानप्रदान र सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।
अल्टरनेटिभाकी लिड लिजा सुर्गानोभाले फेस्टिभलको प्रत्येक संस्करणसँगै यसको पहुँच विस्तार हुनुका साथै चलचित्रकर्मीका लागि नयाँ अवसर सिर्जना भइरहेको बताइन् ।
उनले भनिन्, “हरेक संस्करणसँगै अल्टरनेटिभा फिल्म फेस्टिभलको पहुँच र आकार मात्र बढेको छैन, चलचित्रकर्मीबीच नयाँ सम्बन्ध स्थापित हुनुका साथै उनीहरूका लागि थप अवसर पनि सिर्जना भइरहेका छन् । पहिलो पटक अफ्रिकामा फेस्टिभल आयोजना गर्ने तयारीसँगै हामी अहिलेसम्मका उपलब्धिलाई अझ विस्तार गर्दै यस संस्करणलाई हालसम्मकै ठूलो र प्रभावकारी बनाउन चाहन्छौँ । साथै, चलचित्रकर्मीका लागि नयाँ पहलहरू पनि अघि बढाउने हाम्रो योजना छ ।”
अफ्रिका विविध संस्कृति, दृष्टिकोण र मौलिक चलचित्र सिर्जनाले समृद्ध क्षेत्र रहेको उल्लेख गर्दै उनले यस संस्करणले चलचित्रमार्फत सामाजिक परिवर्तनका विषयमा नयाँ बहस र सहकार्यको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन् ।
“हामी अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीलाई आफ्ना सिर्जना र दृष्टिकोणसहित यस यात्रामा सहभागी हुन आमन्त्रण गर्दछौँ,” उनले थपिन् ।
फिचर र सर्ट फिल्मका लागि आवेदन दिन सकिने
अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ मा सन् २०२६ जनवरी १ पछि निर्माण सम्पन्न भएका चलचित्रले आवेदन दिन पाउनेछन् । कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन तथा विभिन्न शैलीको संयोजनमा निर्माण गरिएका चलचित्रलाई आवेदन खुला गरिएको छ ।
४० मिनेट वा सोभन्दा बढी अवधिका फिचर फिल्मतर्फ अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले आवेदन दिन सक्नेछन् । त्यस्तै, ४० मिनेटसम्मका सर्ट फिल्मतर्फ भने अफ्रिकी चलचित्रकर्मीले मात्र आवेदन दिन पाउनेछन् ।
फेस्टिभलमा कुल १ लाख २० हजार अमेरिकी डलर बराबरको पुरस्कार राशि सातवटा विधामा वितरण गरिनेछ । तीमध्ये फिचर फिल्मतर्फको एक ‘फोकस अवार्ड’ र सर्ट फिल्मतर्फका दुई ‘सट्र्स अवार्ड’ अफ्रिकी चलचित्रकर्मीका लागि छुट्याइएको छ ।
आवेदन दिन योग्य देशहरूको सूची, छनोट प्रक्रिया, पुरस्कारका विधा तथा अन्य आवश्यक मापदण्डबारे विस्तृत जानकारी अल्टरनेटिभाको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ ।
फेस्टिभलले उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्ने मात्र नभई विभिन्न देशका चलचित्रकर्मीलाई एउटै मञ्चमा जोडेर अनुभव आदानप्रदान, व्यावसायिक सम्बन्ध विस्तार तथा नयाँ चलचित्र निर्माणमा सहकार्य गर्ने अवसरसमेत प्रदान गर्दै आएको छ ।
अल्टरनेटिभा फिल्म फेस्टिभल २०२६ मा ‘फोकस अवार्ड’ प्राप्त गरेका पेरुका फिल्ममेकर अगस्टो जेगाराले फेस्टिभलले चलचित्रकर्मीप्रति देखाएको प्रतिबद्धता प्रशंसनीय रहेको बताए ।
उनले भने, “अल्टरनेटिभा फिल्म फेस्टिभल आतिथ्य सत्कारमा मात्र होइन, आफ्ना प्रतिबद्धतालाई व्यवहारमा उतार्ने विषयमा पनि निकै उदार छ । ल्याटिन अमेरिकी चलचित्रकर्मीलाई यस प्रकारको सहयोग र सम्मान प्राप्त हुनु निकै महत्वपूर्ण छ । इनड्राइभजस्ता कम्पनीले संस्कृति, चलचित्र र ग्लोबल साउथका समुदायबीच सम्बन्ध विस्तारमा लगानी गर्दा सामूहिक प्रयासप्रति मेरो विश्वास अझ बढ्छ । मेरा लागि यो वास्तवमै असाधारण पहल हो ।”
त्यस्तै, अल्टरनेटिभा फिल्म फेस्टिभल २०२६ मा ‘नाटिभा अवार्ड’ प्राप्त चलचित्र लस्ट ल्यान्डकी प्रतिनिधि तथा मलेसियाली प्रोड्युसर एलिस सिकले फेस्टिभलले अन्तर्राष्ट्रिय चलचित्रकर्मीबीच सहकार्यको बलियो आधार तयार गरेको बताइन् ।
उनले भनिन्, “अल्टरनेटिभालाई धन्यवाद । यस फेस्टिभलमा हामीले एउटा परिवारजस्तै सम्बन्ध निर्माण गरेका छौँ र चलचित्र सिर्जनालाई निरन्तरता दिनेछौँ । यहाँ हामीले नौ देशको सहभागितामा संयुक्त चलचित्र निर्माण परियोजना अघि बढाएका छौँ । म यो चलचित्र निर्माण गर्न चाहन्छु र त्यसका लागि काम पनि सुरु गरिसकेकी छु । आगामी अफ्रिका संस्करणको उद्घाटन चलचित्रका रूपमा यसलाई प्रदर्शन गर्न सकिने हाम्रो आशा छ ।”
अघिल्लो संस्करणमा ५५ देशबाट १ हजार ८३१ आवेदन
अल्टरनेटिभा फिल्म फेस्टिभलको अघिल्लो संस्करणमा एसिया र ल्याटिन अमेरिकाका ५५ देशबाट कुल १ हजार ८३१ चलचित्रका आवेदन प्राप्त भएका थिए ।
तीमध्ये ल्याटिन अमेरिकाका २२ र एसियाका ३३ देशको सहभागिता रहेको थियो। ल्याटिन अमेरिकाबाट मात्रै १ हजार ४९९ आवेदन प्राप्त भएका थिए । यस क्षेत्रबाट ब्राजिल, मेक्सिको र अर्जेन्टिनाका चलचित्रकर्मीले सबैभन्दा बढी आवेदन दिएका थिए ।
एसियातर्फ भारत, इरान र चीनबाट सबैभन्दा बढी आवेदन प्राप्त भएका थिए । दक्षिणपूर्वी एसियामा इन्डोनेसिया, मलेसिया र फिलिपिन्स अग्रस्थानमा रहेका थिए भने मध्य एसियामा काजाकिस्तानबाट सबैभन्दा बढी आवेदन प्राप्त भएको थियो ।
अल्टरनेटिभाकी प्रोग्राम डाइरेक्टर नतालिया पिलाएभाले कोलम्बियाको मेडेलिनमा सम्पन्न तेस्रो संस्करणले चलचित्रकर्मी र दर्शकबीच उत्साहजनक सम्बन्ध स्थापित गरेको बताइन् ।
उनले भनिन्, “कोलम्बियाको मेडेलिनमा सम्पन्न अल्टरनेटिभा फिल्म फेस्टिभलको अविस्मरणीय तेस्रो संस्करणबाट भर्खरै फर्किएको जस्तो लाग्छ । दर्शकले भरिएका उत्साहपूर्ण चलचित्र प्रदर्शन हलहरू छाडेर आउँदा एकातिर भावुक बनाउँछ भने अर्कोतर्फ हरेक संस्करण नयाँ क्षेत्रमा आयोजना हुने फेस्टिभलको विशेषताले आगामी यात्राप्रति उत्साह थप्छ ।”
अफ्रिकामा आयोजना हुने आगामी संस्करणले नयाँ चलचित्र प्रतिभा पहिचान गर्ने तथा ग्लोबल साउथका प्रभावशाली कथालाई विश्वव्यापी दर्शकमाझ पु¥याउने अवसर थप विस्तार गर्ने उनको भनाइ छ ।
“अब हामी अफ्रिकामा नयाँ अध्याय सुरु गर्दैछौँ। यससँगै अघिल्ला प्राथमिक क्षेत्र एसिया र ल्याटिन अमेरिकाका चलचित्रलाई पनि निरन्तर स्वागत गर्नेछौँ । अफ्रिकाका नयाँ चलचित्र प्रतिभा पहिचान गर्न र ग्लोबल साउथका प्रभावशाली कथालाई अझ व्यापक दर्शकमाझ पु¥याउन हामी उत्साहित छौँ,” उनले थपिन् ।
चलचित्रको अन्तर्राष्ट्रिय वितरणमा पनि सहयोग
अल्टरनेटिभा फिल्म फेस्टिभलले चलचित्र प्रदर्शन र पुरस्कार वितरणमा मात्र सीमित नरही सामाजिक प्रभाव पार्ने चलचित्रको अन्तर्राष्ट्रिय वितरणमा समेत सहयोग गर्दै आएको छ ।
सन् २०२६ को मध्यतिर सुरु गरिएको गैरनाफामूलक चलचित्र वितरण पहल ‘अल्टरनेटिभा डिस्ट्रिब्युसन’मार्फत ग्लोबल साउथका चलचित्रलाई विश्वभरका दर्शकमाझ पु¥याउने लक्ष्य राखिएको छ ।
यस पहलमा हालसम्म अल्टरनेटिभा फिल्म फेस्टिभलका अघिल्ला संस्करणमा सहभागी छवटा चलचित्र समावेश भइसकेका छन् । सन् २०२७ को संस्करणमा छनोट हुने चलचित्रले पनि यस पहलमा सहभागी हुने अवसर प्राप्त गर्न सक्नेछन् ।
यसबाट चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन, पहुँच र सामाजिक प्रभावलाई फेस्टिभल सम्पन्न भएपछि पनि निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
इनड्राइभका फाउन्डर तथा सी.ई.ओ आर्सेन टम्स्कीले उत्कृष्ट चलचित्र निर्माण हुने स्थानभन्दा पनि तिनले अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने अवसर पाउनु महत्वपूर्ण रहेको बताए ।
उनले भने, “उत्कृष्ट चलचित्र संसारको जुनसुकै ठाउँबाट निर्माण हुन सक्छन् । तर अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने अवसरमा अझै पनि ठूलो असमानता छ । यही असमानतालाई चुनौती दिन अल्टरनेटिभा डिस्ट्रिब्युसन सुरु गरिएको हो । यसअन्तर्गत सावधानीपूर्वक छनोट गरिएका चलचित्रले ग्लोबल साउथको चलचित्र निर्माणको उच्च गुणस्तर र समाज परिवर्तन गर्न सक्ने क्षमता प्रस्तुत गर्छन् । यस्ता चलचित्र व्यापक दर्शकमाझ पुग्दा समाजमा सकारात्मक प्रभाव पार्न सक्छन् ।”
चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया र व्यावसायिक कार्यक्रम
अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ अन्तर्गत चलचित्र प्रदर्शनका साथै विभिन्न अन्तरक्रिया, छलफल तथा चलचित्र उद्योगसम्बन्धी व्यावसायिक कार्यक्रम आयोजना गरिनेछन् ।
फेस्टिभलमा प्रदर्शन हुने सामाजिक विषयवस्तुमा आधारित चलचित्रमार्फत दर्शक तथा चलचित्रकर्मीबीच संवाद र बहसलाई प्रोत्साहन गरिने आयोजकले जनाएको छ ।
कोलम्बियाको मेडेलिनमा सम्पन्न अघिल्लो संस्करणमा ११ हजार दर्शक, १०७ अन्तर्राष्ट्रिय अतिथि र ६० भन्दा बढी साझेदार संस्थाको सहभागिता रहेको थियो। उक्त संस्करण हालसम्मकै ठूलो फेस्टिभल बनेको थियो ।
आगामी संस्करणमा यस उपलब्धिलाई थप विस्तार गर्दै अझ धेरै दर्शक र चलचित्रकर्मीको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।
फेस्टिभलअन्तर्गत चलचित्र निर्देशक, निर्माता, चलचित्र उद्योगका विज्ञ तथा सामाजिक परिवर्तनका क्षेत्रमा क्रियाशील व्यक्तित्वको सहभागितामा ‘इन्डस्ट्री डेज’ कार्यक्रम पनि आयोजना गरिनेछ ।
निःशुल्क आयोजना हुने यस कार्यक्रमले चलचित्रकर्मीबीच अनुभव र ज्ञान आदानप्रदान, व्यावसायिक सम्बन्ध विस्तार तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
फेस्टिभलको समापन सामाजिक प्रभाव पार्ने उत्कृष्ट चलचित्रलाई सम्मान गर्दै पुरस्कार वितरण समारोहका साथ गरिनेछ । प्रतियोगिताका लागि छनोट भएका चलचित्रका निर्देशकलाई फेस्टिभल तथा पुरस्कार वितरण समारोहमा सहभागी हुन आमन्त्रण गरिनेछ । उनीहरूको यात्रा तथा आवास खर्च आयोजकले व्यहोर्नेछ ।
अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि इच्छुक चलचित्रकर्मीले सन् २०२७ मार्च १ सम्म निःशुल्क आवेदन दिन सक्नेछन् ।
आवेदन प्रक्रिया, योग्यता, पुरस्कार र अन्य विस्तृत जानकारी अल्टरनेटिभा फिल्म फेस्टिभलको आधिकारिक वेबसाइट मार्फत प्राप्त गर्न सकिनेछ ।


