Admission Open

ad place

छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा

मामधाधत्रननख५च४-1794560725.JPG

काठमाडौँ : नेपाल सरकारले छठ पर्व अन्तर्गत उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात् सोमबार पनि सार्वजनिक  बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

TVS_Golden key

यसअघि सरकारले छठ पर्वको मुख्य दिन षष्ठी तिथिमा मात्र सार्वजनिक बिदा दिँदै आएको थियो। त्यसैअनुरूप यो वर्ष कात्तिक २९ गते आइतबार बिदा थियो। छठ पर्वको महत्त्वपूर्ण दिन मानिने सप्तमीमा पनि बिदा दिनुपर्ने माग मिथिलाञ्चलवासीले वर्षौँदेखि उठाउँदै आएका थिए।

मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा  छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा रहेकाले भोलिपल्ट पनि सार्वजनिक बिदा दिएको उल्लेख छ।

मन्त्रालयको यो निर्णयसँगै छठका लागि दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...