Admission Open

ad place

५० मेगापिक्सेल जाइस पोट्रेट क्यामेरा र ७,२०० एमएएच ब्याट्रीसहित भिभो भी८० सार्वजनिक

image

काठमाडौं। स्मार्टफोन ब्रान्ड भिभोले नेपाली बजारमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘भिभो भी८०’ सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, ५० मेगापिक्सेल जाइस पोट्रेट क्यामेरा, ७ हजार २०० एमएएच क्षमताको ब्याट्री र ९० वाट फास्ट चार्जिङ प्रविधिसहित कम्पनीले नयाँ स्मार्टफोन बजारमा ल्याएको हो।

व्यवसायी, व्यावसायिक क्षेत्रमा आबद्ध व्यक्ति तथा आधुनिक जीवनशैली अपनाउने प्रयोगकर्तालाई लक्षित गरी सार्वजनिक गरिएको भिभो भी८० मा कृत्रिम बौद्धिकतामा आधारित विभिन्न सुविधासमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

‘प्रिमियम डिजाइन फर योर राइज’ अवधारणामा आधारित यस स्मार्टफोनले प्रिमियम डिजाइन, मोबाइल फोटोग्राफी र दैनिक कार्यसम्पादनलाई एउटै उपकरणमा समेटेको कम्पनीको भनाइ छ।

जाइस क्यामेरा र उन्नत फोटोग्राफी सुविधा

भिभो भी८० को प्रमुख विशेषता यसको ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामेरा हो। यसले ८५ एमएम र १०० एमएमका पोट्रेट फोकल लेन्थलाई समर्थन गर्ने भएकाले प्राकृतिक गहिराइ र स्पष्टतासहित आकर्षक तस्बिर खिच्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

त्यस्तै, ५० मेगापिक्सेलको जाइस ग्रुप सेल्फी क्यामेराले समूहमा तस्बिर खिच्न सहज बनाउनेछ। स्मार्टफोनको अगाडि र पछाडि दुवै क्यामेराबाट ४के ६० फ्रेम प्रतिसेकेन्ड भिडियो रेकर्डिङ गर्न सकिने सुविधा पनि उपलब्ध छ।

यसमा समावेश कृत्रिम बौद्धिकतामा आधारित सिर्जनात्मक क्यामेरा सुविधाले विभिन्न प्रकाश प्रभाव प्रयोग गरी तस्बिरलाई थप आकर्षक बनाउन सहयोग गर्छ।

७,२०० एमएएच ब्याट्री र ९० वाट फास्ट चार्जिङ

लामो समयसम्म प्रयोग गर्न सकिने गरी भिभो भी८० मा ७ हजार २०० एमएएच क्षमताको ब्लुभोल्ट ब्याट्री राखिएको छ। ९० वाट फ्ल्यासचार्ज प्रविधिले छोटो समयमा ब्याट्री चार्ज गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

त्यस्तै, स्मार्टफोनमा १.५ के अल्ट्रा क्लियर ओएलईडी डिस्प्ले र १४४ हर्ज रिफ्रेस रेट रहेको छ। यसले भिडियो हेर्न, वेब ब्राउजिङ गर्न तथा विभिन्न डिजिटल सामग्री प्रयोग गर्न सहज अनुभव प्रदान गर्नेछ। सुरक्षाका लागि थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट सेन्सरसमेत उपलब्ध छ।

कृत्रिम बौद्धिकतामा आधारित व्यावसायिक सुविधा

भिभो भी८० मा ओरिजिन ओएस ७ सञ्चालन प्रणालीसँगै विभिन्न कृत्रिम बौद्धिकतामा आधारित सुविधा समावेश गरिएको छ। ‘क्याप्चर टु नोट’ सुविधाले ह्वाइटबोर्ड, प्रस्तुतीकरणका स्लाइड तथा हस्तलिखित नोटको तस्बिर खिचेर सम्पादन गर्न मिल्ने डिजिटल सामग्रीमा रूपान्तरण गर्न सहयोग गर्छ।

त्यस्तै, एआई रेकर्डरले आवाजलाई तत्कालै लिखित रूपमा रूपान्तरण गर्नुका साथै बैठक तथा छलफलका मुख्य विषय, निर्णय र गर्नुपर्ने कामहरूको बुँदागत सारांश तयार गर्न सक्छ। यी सुविधाले विशेषगरी व्यावसायिक तथा कार्यालय प्रयोजनका कामलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।

स्मार्टफोनमा धुलो तथा पानीबाट सुरक्षाका लागि आईपी६८ र आईपी६९ स्तरको प्रतिरोध क्षमता उपलब्ध छ। साथै, कम्पनीले यसमा ६ वर्षसम्म सहज कार्यसम्पादन र ६ वर्षको सुरक्षा अद्यावधिक उपलब्ध गराउने जनाएको छ।

मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँदेखि

भिभो भी८० नेपालमा राइज अरेन्ज र प्राइम ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ। यसको ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज संस्करणको मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज संस्करणको मूल्य १ लाख ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ।

कम्पनीका अनुसार स्मार्टफोनको प्रि-बुकिङ नोभेम्बर १ देखि ४ सम्म खुला गरिएको छ। यस अवधिमा प्रि-बुकिङ गर्ने पहिलो १ हजार २०० ग्राहकले भिभो बड्स निःशुल्क, २ हजार रुपैयाँ नगद छुट, अगाडि तथा पछाडिको स्क्रिन फुट्ने जोखिमविरुद्धको बिमा र ६ महिनाको अतिरिक्त वारेन्टी प्राप्त गर्नेछन्।

भिभो भी८० नोभेम्बर ५ देखि दराज अनलाइन तथा देशभरका भिभोका आधिकारिक बिक्री केन्द्रमार्फत खरिद गर्न सकिनेछ। ग्राहकले १२ महिनाको शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधामार्फत समेत स्मार्टफोन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

TVS_Golden key

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...