काठमाडौं : हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज कात्तिक ११ गतेदेखि आईपीओ निष्कासन गरेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता शेयर छुट्याएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयले कात्तिक २५ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले कात्तिक १६ गतेसम्म आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा प्रणाली तथा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। आईपीओको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।



