
मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्संकल्प अनुसार आयोजना हुँदै आएको यस रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिक स्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामहरू सहित आम नेपालीलाई एक सूत्रमा जोड्ने छ ।
कात्तिक १४ गते चतराबाट धरान, इटहरी, विराटचोक, बेलबारी, लेटाङ, पथरी, उर्लाबारी र दमक हुँदै झापाको गौशालामा विश्राम गर्ने कार्यक्रम रहेको छ । कात्तिक १५ गते गोवर्धन गौशाला, किल्किले, लालमखोला, माईधार, बिर्तामोड, अर्जुनधारा, बुधबारे, चारआली, भद्रपुर र काकडभिट्टा हुँदै श्रीयोगिराज कमलनयनाचार्य आश्रम, माईधारमा रात्री विश्राम गर्नेछ ।
कात्तिक २० गते हेटौँडाबाट मनहरी, बसन्तपुर, भण्डारा, पर्सा र टाँडी हुँदै भरतपुर महानगरपालिका परिक्रमा गरी लङ्कुमा विश्राम गरिनेछ । कात्तिक २१ गते नारायणगढ, गैँडाकोट, भेडाबारी, फुलवास, रजहर, दलदले, प्रगतिनगर, कावासोती, डण्डा, चोरमारा, अरुणखोला, दुम्कीवास र बर्दघाट हुँदै श्रीलक्षेश्वर शिवालयमा रात्री विश्राम गर्ने कार्यतालिका छ ।
रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा यात्रा विश्राम तथा समापन गरिने कार्यक्रम रहेको छ । श्रीगजेन्द्रमोक्ष दिव्यधाममा मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुनेछ ।


