Admission Open

ad place

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट

काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ। कम्पनीले अफरअन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट, मोबाइल डाटा प्याकेजमा विशेष सुविधा तथा विभिन्न भ्वाइस र एसएमएस प्याकेज उपलब्ध गराउने भएको छ।

कम्पनीका अनुसार २०८३ असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने अफरमा नयाँ एफटीटीएच (FTTH) प्याकेज जडान गर्ने ग्राहकले जडान शुल्कमा ५०० रुपैयाँ छुट पाउनेछन्।

त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सेवा पाउनेछन्। बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा सुविधा पनि १३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। भर्चुअल सेटटप बक्ससहितको प्याकेज लिने ग्राहकले सुरुदेखि नै एक हजार रुपैयाँ छुट पाउनेछन्।

मोबाइल सेवातर्फ जीएसएम प्रयोगकर्ताका लागि पनि विभिन्न आकर्षक डाटा प्याकेज सार्वजनिक गरिएको छ। अफरअन्तर्गत ४९९ रुपैयाँमा ५ जीबी फेस्टिभल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध हुनेछन्।

५ जीबी डाटा प्याकेज खरिद गर्ने ग्राहकले दैनिक तोकिएको ५ जीबी डाटा भोल्युम सकिएपछि बाँकी अवधिमा २ एमबीपीएसको गतिमा इन्टरनेट प्रयोग गर्न सक्नेछन्। त्यसैगरी, १० जीबी प्रिमियम प्याकेज लिने ग्राहकले दैनिक तोकिएको १० जीबी डाटा भोल्युम सकिएपछि बाँकी अवधिमा ३ एमबीपीएसको गतिमा इन्टरनेट चलाउन सक्नेछन्।

कम्पनीले २५० रुपैयाँमा एक हजार मिनेट अननेट भ्वाइस सुविधासहितको जोडी मिनेट प्याकेज तथा ९९ रुपैयाँमा एक हजार अननेट एसएमएस सुविधासहितको फेस्टिभ म्यासेज प्याकेज पनि उपलब्ध गराउने भएको छ। यी प्याकेजको समयावधि ३० दिनको हुनेछ।

नेपाल टेलिकमका अनुसार ग्राहकले २०८३ असोज ३० गतेदेखि कात्तिक ३० गतेसम्म मोबाइलमार्फत यी सुविधा लिन सक्नेछन्। प्याकेज खरिद गर्न ग्राहकले आफ्नो मोबाइलबाट 141511# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सक्नेछन्।

विभिन्न चाडपर्वका अवसरमा उपलब्ध गराइने यस्ता अफरले चाडपर्वका बेला आफन्तसँग सम्पर्कमा रहन, खुसी साटासाट गर्न तथा डिजिटल सेवाको प्रयोग बढाउन सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...