Admission Open

ad place

संकट पर्दा काम लाग्ने महत्वपूर्ण हेल्पलाइन नम्बरहरू सुरक्षित राख्नुहोस्

आपतकालीन हेल्पलाइन नम्बरहरू विपद्को बेलामा कुनै पनि समस्या परेमा नआतिकन हेल्पलाइन नम्बरमा कल गरी सहयोग लिन सक्नुहुन्छ।

काठमाडौं । आपतकालीन तथा संवेदनशील अवस्थामा तत्काल सहयोग लिन नेपालमा विभिन्न हेल्पलाइन तथा आपत्कालीन नम्बरहरू सञ्चालनमा छन्।

प्रहरीका लागि १००, दमकलका लागि १०१, एम्बुलेन्सका लागि १०२ र ट्राफिक प्रहरीका लागि १०३ मा सम्पर्क गर्न सकिन्छ।

त्यस्तै, बालबालिकासम्बन्धी सहयोगका लागि १०४, नेपाली सेनाका लागि १०५, हेलो सरकारका लागि ११११, सशस्त्र प्रहरी बलका लागि १११३, राष्ट्रिय महिला आयोगका लागि ११४५ र स्वास्थ्यसम्बन्धी जानकारीका लागि १११५ मा सम्पर्क गर्न सकिन्छ।

विपद्सम्बन्धी जानकारीका लागि ११५५ तथा भ्रष्टाचारसम्बन्धी उजुरीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको १६६००१४४४४४ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...