Admission Open

ad place

रावासावा प्राज्ञिक समाज, नेपालको नयाँ नेतृत्व चयन, सम्मान र पुरस्कार वितरण सम्पन्न

काठमाडौं : रावासावा प्राज्ञिक समाज नेपालले सम्मान कार्यक्रम, पुरस्कार वितरण, १३औँ वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । राष्ट्रिय गानका स्रष्टा प्रदीपकुमार राई (व्याकुल माइला) ले कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो । त्यसैगरी समाजका अध्यक्ष बम बानियाँको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा समाज, कानुन, सञ्चार, उद्यम, सङ्गीत, शिक्षा लगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । वरिष्ठ अधिवक्ता एवं समाजसेवी देवराज कटुवाल, वरिष्ठ सञ्चारकर्मी तथा महिला अधिकारकर्मी बबिता बस्नेत, वरिष्ठ समाजसेवी तथा उद्यमी तेजबहादुर राई र शिक्षा तथा समाजसेवाका क्षेत्रमा योगदान पु¥याउने गङ्गा राई (कान्छी) लाई राववसावा सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी, रावासावा कमलाभक्त साहित्य पुरस्कार वरिष्ठ गीतकार तथा कवि टीका चाम्लिङ र रावासावा कमलाभक्त कला पुरस्कार सर्जक गोकुल परियारलाई मरणोपरान्त प्रदान गरिएको थियो । पुरस्कृत श्रष्टाहरूलाई जनही नगद रु. २५ हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो । समाजले उहाँहरूको योगदानको मूल्याङ्कन गरेर पुरस्कार अर्पण गरेको जनाएको छ ।

उक्त कार्यक्रममा समाजले प्रकाशित गरेको अनुसन्धानमूलक रारासावा जर्नल पनि लोकार्पण गरिएको थियो ।
कार्यक्रमकै अवसरमा सम्पन्न १३औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित कार्यसमितिको अध्यक्षमा प्राज्ञ चन्द्र रानाहँछा, वरिष्ठ उपाध्यक्षमा डा. सुरेश हाचेकाली, उपाध्यक्षमा भरत लिमेल मगर, महासचिवमा डा. यादेवी ढकाल, सचिवमा यम प्रसाद बास्तोला तथा कोषाध्यक्षमा पुष्पा राई चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा वीरेन्द्र राई, प्रविण पुमा, श्रीराम राई, आनन्दकला राई, डी. अनुरागी, टिकाराम राई, सोनाम सज्जन किराती, सहस्रा राई र ज्ञानमाला परियारलाई चयन गरिएको छ ।
कार्यक्रममा खोटाङ जिल्लाका समाजसेवी, बुद्धिजीवी, पत्रकार, व्यवसायी लगायत विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तित्व तथा प्रतिनिधिसहित १५० भन्दा बढी व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले समाजले भाषा, साहित्य, संस्कृति, शिक्षा तथा सामाजिक एकताका क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका वक्ताहरूले रावासावा प्राज्ञिक समाज, नेपालले आगामी दिनमा पनि बौद्धिक, सांस्कृतिक तथा सामाजिक अभियानलाई थप प्रभावकारी बनाउँदै समाज रूपान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...