Admission Open

ad place

सहकारी सुधार्न कडा अनुगमन र नियमित लेखा परीक्षण आवश्यक : अध्यक्ष श्रेष्ठ

[ ६७ औं सहकारी दिवसले सबै सहकारीलाई उत्कृष्ठ पथमा अगाडि बढाओस् : दिनेश श्रेष्ठ, अध्यक्ष जिल्ला सहकारी संघ सुनसरी ]

जनतालाई प्रत्येक्ष रूपमा साहु महाजनको घरमा गएर ऋणको भिख माग्नु पर्ने अवस्थाको अन्त्य गर्न २०१३ सालमा सहकारी संस्थाको स्थापना भएको हो । ६९ वर्षको इतिहासमा सहकारी संस्थाले धेरै हुँदा खाने जनताको जोहो टार्ने काम सहज रूपमा सम्पन्न गरेका छन् । तर, पछिल्लो समय केही सहकारी संस्थाहरु ‘आउट अफ ट्रयाक’ मा हिंडेका कारण आम सर्वसाधारणका नजरमा यी छोटे बैंकहरु  बदनामको भारीको  बोझले थलिएको हो कि भन्ने भान पर्न थालेको छ । सहकारी ६९ वर्षे वर्षगाँठको संघारमा पुग्नै लाग्दा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष दिनेश श्रेष्ठसँग सहकारी संस्थाका थिति, बेथितिका बारेमा नेपाली माला अनलाईन खबरका वरिष्ठ संवाददाता दीपक निरौलाले गरेको कुराकानीको सार :
  • तपाई सुनसरी जिल्लामा भएको सहकारीको अभिभावक , जिल्ला भरका सहकारीको स्वास्थ्यवस्था कस्तो पाउनु भयो त ? 
यहाँ सहकारीको विकासको गति सन्तोषजनक नै मान्नु पर्छ । धेरै सहकारीले बचत तथा ऋण, कृषि, दुग्ध, बहुउद्देश्यीय लगायतका क्षेत्रमा योगदान दिएका छन् । तर, ति सबै समान रूपमा सफल भा छैनन् । केही राम्रो व्यवस्थापना तर्फ उन्मूख छन भने केही मूर्छित तथा अर्धमूर्छित अवस्थातर्पm लागिसकेका छन् ।
  • मूर्छित र अर्धमूर्छित अवस्थामा पुगेका सहकारी पनि रहेछन् सुनसरी जिल्लामा ? 
वर्तमान अवस्थामा जिल्लामा रहेका केही सहकारीहरु पूँजी, सदस्य संख्या र सेवा विस्तारका हिसावले मजमूत अवस्थामा छन् । तर, धेरै सहकारीहरु वित्तिय अनुशासनको कमी, पारदर्शिताको अभाव र व्यवस्थापकीय कमजोरीका कारण समस्याग्रस्त अवस्थामा नै छन् ।
  • यति खराव अवस्थामा पुग्नुको कारण खोजीनिती गर्न थाल्नु भयो त ? 
हामीले यसतर्फ खोजीनीति गर्दा केही कुराहरु प्वाइन्टवाइज रूपमा औंल्याएका छौं । कमजोर नेतृत्व र व्यवस्थापन । पारदर्शिता र लेखा परीक्षणको अभाव । ऋण वितरणमा अपरिपक्कता । राजनैतिक हस्तक्षेप, नियमकानूनको पालाना गर्न नचाहनु । साथै सहकारी सदस्यहरुको न्यून वा शून्य सहभागिताका कारण सहकारी संस्थाहरुको स्वास्थ्यवस्था कमजोर अवस्थामा पुगेको हामीले अनुगमनका क्रममा पाएका छौं ।
  • अनि, धेरै सञ्चालकहरु नै दुरुपयोगमा सक्रिय छन् रे । अब , तिनलाई सजायको  डण्डा चलाएर अवस्था ठिक गर्न के ले रोकेको ? राजनैतिक पावर देखाएर हो ? 
हामीले यसो अनुगमन न गर्ने हो । पूर्ण अधिकार प्राप्त स्वायत्त संस्था हामी होइनौ नि त । सहकारीलाई समन्वय गर्ने हाम्रो क्षेत्राधिकार भित्र पर्दछ । यसमा सबै सञ्चालक नै छन भनेर यकिनका साथ भन्न सक्ने अवस्था म जिल्ला बचत संघको अध्यक्ष भएको नाताले भन्न सक्दिन । तर के चाहिं भने राजनैतिक संरक्षण का कारण सहकारीको रकम दुरुपयोग (ऋण लिएर, गलत ठाउँमा ऋण प्रवाह) गरेर सहकारी अनुशासनमा नबसेका व्यक्तिको हकमा भने निर्धक्क भन्नु पर्दा ‘पोलिटिकल पावर शो’  का कारण क्षयीकरण प्रकृयामा पुगेको कुरा सत्य हो । यसमा नियमक निकायको प्रभावकारी निगरानीको अभावमा यस्ता विकृतिले मौलाउने अवसर प्रशस्त पाएकै हुन ।
  • के गरियो भने स्वाथ्य विग्रीएको सहकारीलाई ठिक गर्न सकिएला ? 
कडा अनुगमन र नियमित लेखा परीक्षण गर्न प्रोत्साहन तथा कारवाही गर्नुपर्छ । पारदर्शी र जिम्मेवार व्यवस्थापनालाई सधै सहयोग गर्नुपर्छ । सदस्य सचेतना र सक्रिय सहभागिता अनिवार्य गराउनु पर्छ । सहकारीलाई धुमिल बनाउन प्रयास गर्नेलाई कारवाहीको दायरामा ल्याउन खुट्टा कमाउन हुँदैन । यो सबै अधिकार भनेको बचतकर्ताको हातमा रहेको छ । साथै सहकारी संस्थामा पेशागत र दक्ष व्यवस्थापक नियुक्ति गर्नुपर्छ ।
  • समग्रमा सुनसरी जिल्लामा रहेका सहकारी क्षेत्रको अवस्था कस्तो छ ? 
समग्रमा भन्नु पर्दा सुधारोन्मूख अवस्थामा भएता पनि धेरैजसो मिश्रित अवस्थामा रहेका छन् । ग्रामिण भेगमा रहेका सहकारीले किसान तथा साना व्यवशायी तथा विपन्न वर्गलाई वित्तिय पहुँच पु¥याउन सहकारी संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
  • राम्रा र उदाहरणिय संस्थाको विवरण उपलब्ध गराउन सक्नु हुन्छ ? 
यो अध्यक्षको पद भनेको चक्रिय प्रणाली अन्तर्गत हुने व्यवस्था हामीले जिल्ला सहकारी संघमा गरेका छौं । हाम्रो जिल्ला संघमा पनि केही समस्याहरु छन्  तिनलाई सुधार गर्न हामी कम्मर कसेर लागेका छौं । सबैले राम्रा र उदाहरणीय काम नै गर्ने प्रयास गर्नु भएको छ । तर, भाव र भाँती नपुगेर पनि कतिपय संस्थाहरुले अलिकति लाईन नसमातेको हो । हाम्रो मान्यता भनेको कसैलाई काखा र कसैलाई पाखा गर्ने उद्देश्य छैन । आन्तरिक रूपमा सर्कुलर जारी त गर्छौं । तर ६७ औं सहकारी दिवसले सबै सहकारीलाई उत्कृष्ठ पथमा अगाडि बढाओस् । आगामी सालमा निर्धक्कका साथ , गर्वका साथ सबै राम्रा र उदाहरणिय छन भन्ने सुअवसर सबै सहकारीले दिनुहुने छ भन्ने मैले अपेक्षा लिएको छु ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...