Admission Open

एम्बुलेन्स खरिद गर्न प्रवासीको १० लाख सहयोग

गलकोट/ अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ ।

बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले कोरोना सङ्कटमा साथ दिनका लागि अत्याधुनिक एमबुलेन्स खरिद गर्ने अभियान चलाएका छन् । उनीहरूले कोरोना सङ्क्रमण अथवा कुनै पनि पनि रोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिदका लागि आर्थिक सङ्कलन अभियान चलाएको र पहिलो चरणमा रु १० लाख हस्तान्तरण गरेका हुन् ।

सुविधासम्पन्न एम्बुलेन्स अभावमा कतिपय बिरामीको अस्पताल पु¥याउँदा नै ज्यान जाने अवस्थालाई मध्यनजर गरी अस्पतालले एम्बुलेन्स खरिद गर्ने गरी रकम पठाएको बागलुङ घर भई अष्ट्रेलियामा रहेर एम्बुलेन्स खरिदका लागि सहयोग सङ्कलन अभियान चलाउनुभएका सुमन विष्टले जानकारी दिनुभयो ।

सुविधासम्पन्न अत्याधुनिक एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियामा रहेका बागलुङवासीले पहिलो चरणमा रु १० लाख सहयोग गरेका छन् । भन्सार छुटसहित करिब रु २८ लाख ५० हजारमा खरिद गरिने एम्बुलेन्स जिल्लामा अहिले सञ्चालनमा आएका एम्बुलेन्सभन्दा फरक र सुविधासम्पन्न हुनेछ । नयाँ एम्बुलेन्समा दुई बिरामी, स्वास्थ्यकर्मी र आवश्यक उपकरण राख्न सकिनेछ । एम्बुलेन्स खरिदका लागि बाँकी रकम एक हप्तामै आउने र एक महिनाभित्रै अस्पतालमा नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याउने धवलागिरि अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना मगरले बताउनुभयो ।

पहिलो चरणको रु १० लाखको चेक सुमन विष्टका बुवा तिलक विष्टले धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानामगरलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले अस्पतालको सिङ्गो टिम र सहयोगीको साथका कारण अस्पतालले मुहार फेरेको बताउँदै अस्तालमा आधुनिक एम्बुलेन्स आउँदा दुःखी तथा गरिबका लागि सहयोगी बन्ने बताउनुभयो ।

कुडुँले समाज जापानद्वारा अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री

बागलुङको कुडुँले समाज जापानको तर्फबाट धवलागिरि अस्पतालको स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिइ र मास्क सहयोग गरिएको छ । कुडुँले समाज जापानका उपाध्यक्ष रामप्रसाद आचार्य, कुँडुले समाज बागलुङका अध्यक्ष कृष्ण आचार्य र तिरुपती बालाजी युवा क्लबका अध्यक्ष गणेश आचार्यले बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीको रोहबरमा अस्पतालका अध्यक्ष रानामगरलाई आठ प्याकेट मास्क र १० थान पिपिइ सेट हस्तान्तरण गर्नुभएको थियो ।

प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

कोरोना महामारी फैलिरहँदा बागलुङ नगरपालिका–७ का स्थानीय गणपति न्युरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङ सहयोग गर्नुभएको छ । न्युरेले जिल्ला ट्राफिक कार्यालय बागलुङमा ५०० थान मास्क तथा जिल्ला प्रहरी कार्यालय बागलुङमा एक हजार थान मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेको न्युरेले बताउनुभयो । कोराना महामारीबीच अग्रपङ्तिमा खटिएका प्रहरीलाई केही हदसम्म भए पनि राहत होस् भनेर हस्तान्तरण गरेको उहाँकोे भनाइ थियो ।

सहयोगीप्रति जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले धन्यवाद ज्ञापन गरेको छ । न्युरेले केही दिन अगाडि बानपा–७ को मुलपानी स्वास्थ्यचौकी तथा बागलुङ नगरपालिका–७ का सङ्क्रमितहरूको घरघरमा पुगी मास्क तथा स्यानिटाइजर हस्तान्तरण गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...