
काठमाडौँ : आसन्न निर्वाचनलाई केन्द्रित गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नागरिक करार’ सार्वजनिक गरेको छ।
नागरिक करारका मुख्य बुँदा यस्ता छन्:
प्रतिनिधि सभा निर्वाचनमा विजयी भए ५ वर्षभित्र गर्ने कामहरूको प्रतिबद्धता
काम पूरा नभए मतदाताले अर्को चुनावमा सजाय दिन सक्ने स्वीकारोक्ति
मुख्य प्राथमिकताहरू:
सुशासन र भ्रष्टाचार नियन्त्रणस् भ्रष्टाचार विरोधी महाअभियान, नीतिगतरसंस्थागत सुधार, डिजिटल सेवा विस्तार, बिचौलिया नियन्त्रण
आर्थिक सुधार: प्रतिव्यक्ति आय ३,००० डलरभन्दा माथि, GDP १०० अर्ब डलर नाघ्ने लक्ष्य
मध्यम वर्ग विस्तारस् गुणस्तरीय स्वास्थ्य सेवा, सार्वजनिक शिक्षा सुधार, एकीकृत सामाजिक सुरक्षा
रोजगार: ५ वर्षमा १२ लाख नयाँ रोजगारी, वैदेशिक पलायन घटाउने
प्राथमिक क्षेत्रस् आईटी, निर्माण, पर्यटन, कृषि, उद्योग र सेवा
पूर्वाधारस् १५ हजार मेगावाट विद्युत् जडान क्षमता, ३० हजार किमी सडक विस्तार
प्रवासी नेपालीस् अनलाइन सेवा, दोहोरो नागरिकता बहस, सुरक्षित वैदेशिक रोजगारी
लक्ष्य हासिल नभए राजनीतिक दायित्व स्वीकार गर्ने प्रतिबद्धता
करारको अन्त्यमा पार्टीले स्पष्ट बहुमत पाए पनि पाँच वर्षभित्र उल्लेखित लक्ष्य हासिल गर्न नसके मतदातासमक्ष राजनीतिक दायित्व स्वीकार गर्ने उल्लेख गरेको छ।
हेर्नुहोस् करारपत्र :



