Admission Open

ad place

पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

माघ २९, काठमाडौं: विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र मल्टिटास्किङ स्मार्टफोनको रुपमा युवामाझ लोकप्रिय रहेको पोकोको कमब्याकले स्मार्टफोन बजारमा प्रतिस्पर्धा बढाउने अनुमान गरिएको छ।

तीन वर्षपछि टेलिटक प्राइभेट लिमिटेडसँग साझेदारी गर्दै पोकोले तीनवटा अत्याधुनिक स्मार्टफोनसमेत लन्च गरेको हो। नयाँ फिचरसहित लन्च गरिएको POCO X7 Pro 5G, POCO F7 5G र POCO F8 Pro 5G मोडेलमा छिटो र तीव्र रुपमा काम गर्ने चिपसेटहरू, धेरै लामो समयसम्म टिक्ने ब्याट्री र आधुनिक फिचरहरू समावेश छन्। यसले ब्रान्डको ‘पर्फमेन्स फर्स्ट’ अर्थात् ‘प्रदर्शन सर्वोत्कृष्ट’ भन्ने दर्शनलाई जीवन्त बनाउने विश्वास छ।

तीन मोडेलहरू लन्च भएपछि आफ्नो धारणा व्यक्त गर्दै टेलिटकका कार्यकारी निर्देशक प्रतिक जालानले भन्नुभयो- ‘‘हामी पोकोलाई फेरि नेपाली बजारमा ल्याउन पाउँदा उत्साहित भएका छौं, बलियो र छिटो काम गर्नसक्ने चिपसेटहरू र लामोसमय टिक्ने ब्याट्रीसँगै नयाँ फिचरसहित डिजाइन गरिएका छन्, यसले बिना कुनै सम्झौता गेम खेल्ने, एकैपटक धेरै कार्य गर्ने र निरन्तर कनेक्टेड रहने सुविधा प्रदान गर्नेछन्।’’ नेपालीको दैनिकीलाई सहज र सरल बनाउनु नै पोकोको मूल मर्म भएको बताउँदै उहाँले उत्कृष्ट अनुभव प्रदानका लागि सधैं प्रतिबद्ध रहने बताउनुभयो।

फ्ल्यागशिप मोडेल POCO F8 Pro मा क्वालकम SM8750-AB Snapdragon ८ एलिट प्रोसेसर(3NM)छ, जसमा अक्टा-कोर (Octa-core) ४.३२ GHz कन्फिग्रेसन छ। यसमा ६.५९ इन्चको आई-केयर AMOLED डिस्प्ले छ, जसको रिफ्रेस रेट १२० Hz छ। ६२१० mAh ब्याट्रीसँग १००W फास्ट चार्जिङ सपोर्ट, १२ GB RAM + ५१२ GB ROM र एन्ड्रोइड १६ अपरेटिङ सिस्टममा आधारित हाइपर ओएस ३(Hyper OS 3) रहेकाले यो स्मार्टफोनले उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दाबी छ।

ध्वनि गुणस्तर(Sound quality) का लागि स्टेरियो स्पिकरहरूमा डल्बी एटमस, बोस(Bose)द्वारा ट्युन गरिएको र हाई-रेस अडियो सपोर्ट छ। क्यामेरामा वाइड, टेलिफोटो र अल्ट्रावाइड लेन्सहरूको ट्रिपल सेटअप छ, जसले अनेकौँ प्रकारका बहुउपयोगी फोटोग्राफीलाई सम्भव बनाउनेछ। यसमा IP68 रेटिङको सुविधा छ, जसले पानी र धुलोबाट सुरक्षा प्रदान गर्छ। यो फोन टाइटेनियम सिल्भर, निलो र कालो रङहरूमा उपलब्ध छ।

त्यस्तै अर्को मोडेल POCO X7 Pro 5G मा मिडियाटेक डाइमेन्सिटी ८४०० अल्ट्रा चिपसेट (4NM) छ, जसमा अक्टा-कोर (Octa-core) ३.२५ GHz प्रोसेसर छ। ६.६७ इन्चको क्रिस्टलरेस AMOLED डिस्प्ले (१२० Hz रिफ्रेस रेट) सँगै ६००० mAh ब्याट्री र ९०W हाइपरचार्ज फिचर छन् । एन्ड्रोइड १५ र हाइपर OS2 मा आधारित यो फोन १२ GB RAM + ५१२ GB ROM सँगै आउँछ। स्टेरियो स्पिकरहरू र हाई-रेस अडियो सपोर्टसँगै क्यामेरामा वाइड र अल्ट्रावाइड लेन्सहरूको डुअल सेटअपको सुविधा छ। यो कालो, हरियो र पहेंलो रङहरूमा उपलब्ध छ। यसमा पनि IP68 रेटिङ छ, जसले पानी र धुलोबाट सुरक्षा प्रदान गर्छ।

त्यसैगरि POCO F7 5G मा क्वालकम Qualcomm SM8735 Snapdragon ८s जेन ४ प्रोसेसर (4NM) छ, जसमा अक्टा-कोर (Octa-core) ३.२१ GHz छ। ६.८३ इन्चको १.५ K AMOLED अल्ट्रा-ब्राइट डिस्प्ले (१२० Hz) सँगै ६५०० mAh ब्याट्री, ९०W वायर्ड चार्जिङ र २२.५W रिभर्स वायर चार्जिङ फिचर छन्। एन्ड्रोइड १५ मा आधारित यो फोन १२ GB RAM + ५१२ GB ROM सँगै आउँछ।

स्टेरियो स्पिकरहरूसँगै क्यामेरामा वाइड र अल्ट्रावाइड लेन्सहरू छन्। सिल्भर रङमा उपलब्ध यो मोडेलमा पनि IP68 रेटिङको सुविधा भएकाले पानी र धुलोबाट सुरक्षा प्रदान गर्छ।

यी तीनै मोडेलहरूमा अगाडि सिंगल सेल्फी (Single Selfie) क्यामेराहरू छन्, जसले उच्च गुणस्तरको सेल्फी र भिडियो कलिङको सुविधा प्रदान गर्छ। टेलिटक प्राइभेट लिमिटेडसँगको साझेदारीले पोकोका उत्पादनहरू देशभरका बजारमा सहज रुपमा उपलब्ध हुने र बिक्रीपछि भरपर्दो सेवा प्रदान गर्ने कम्पनीको अपेक्षा छ।

कम्पनीले POCO X7 Pro को बजार मूल्य रु. ५५,९९९ तोकेको छ। त्यस्तै POCO F7 को मूल्य रु. ६९,९९९ र POCO F8 Pro को रु. ९९,९९९ मूल्य तोकिएको छ। उपभोक्ताको हितलाई मध्यनजर गर्दै पोकोले ९ महिनासम्म ईएमआई (EMI)को सुविधा पनि दिएको छ भने सबै मोडेलहरूमा १ वर्षको ब्रान्ड वारेन्टी सुविधासमेत छ। पोकोका यी नयाँ स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरूम तथा आउटलेटहरूमा उपलब्ध छन्।

टिप्पणिहरु
Loading...