
काठमाडौँ : रोल्पाली लेखक अमर अधिकारीले एकपछि अर्को कीर्तिमान रच्दै आएको कुरा प्रकाशमा आइरहेका बेला उनले अर्को चमत्कार गरेका छन्। आफ्ना दिवंगत पिताको काजकिरिया भैरहँदाको अवधिमा उनले कोराभित्र र बाहिर रहेर विभिन्न विषयका लेखहरू रचे, हजारौँ शब्दका मालाहरू उने। यसरी उनले कोराभित्र कोरिएका मुक्तक, व्यंग्य आदि लेखहरु विभिन्न अनलाईन अखबारहरुमा प्रकाशित पनि भए । कोराभित्रै बसेर काठमाडौंबाट आफ्ना लेख(रचनाहरू प्रकाशन भएको जानकारी पाए पनि। गत पुस १६ गते उनका पिता तेज प्रसाद अधिकारीको निधन भएको थियो। कलेजो, फोक्सो र मुटुमा एकैपटक समस्या आएपछि उहाँ काठमाडौंको गंगालाल हृदय केन्द्रको सिसियुमा उपचाररत हुनुन्थ्यो। निधन हुनुअघि उहाँको इच्छा आफ्नै जन्मथलो रोल्पाको खुंग्रीमै मर्ने र त्यहीँकै लुंग्री-माडी नदीको संगमस्थल चतुर्भुजमा दाहसंस्कार हुनुपर्ने बताउदै आउनुभएको थियो। चतुर्भुजधामको शिवपाञ्चायन मन्दिर लगायत अन्य मन्दिरहरूको निर्माणका लागि उहाँले केही दशकअघि अहम् भूमिका खेल्नुभएको थियो।


