Admission Open

ad place

नेकपा एमालेको ११औँ महाधिवेशनमा मतदान सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन

काठमाडौँ  : नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि गरिएको मतदान कार्यक्रम सम्पन्न भएको छ।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा कूल २ हजार २६३ जना मतदाता रहेकामा २ हजार २२७ जनाले मतदान गरेका छन्। कुल मतदातामध्ये ३६ जनाको मत नखसेको जनाइएको छ।

मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको र हाल मतगणनाको तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ। मतगणना तथा प्राविधिक प्रक्रियाका कारण अन्तिम परिणाम सार्वजनिक हुन केही समय लाग्ने बताइएको छ।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएकाले पार्टीभित्र उच्च चासोका साथ परिणामको प्रतीक्षा भइरहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...