Admission Open

कोभिड हेल्प डेस्क सञ्चालन भएपछि सहज

वाग्मती, ११ जेठ/ वाग्मती प्रदेशको राजधानी हेटौँडमा मकवानपुरमा कृयाशिल विभिन्न सङ्घसंस्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएपछि सङ्क्रमित बिरामीको उपचारमा थपसघाउ पुगेको छ । अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर उद्देश्यले मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालयमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएको थियो ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा कोभिड हेल्प डेस्क स्थापनासँगै होमआईसुलेशनमा बसेका कोभिड सङ्क्रमितलाई घरमा पुगी परामर्श सेवा, अत्यावश्यक औषधी वितरण तथा आवश्यकताअनुसार घरमै अख्सिजनसमेत उपलब्ध गराउँदै आईएको हो ।

मानवीय संवेदना, सहकार्य र सहअस्तित्वको भावनाबाट प्रेरित भई मकवानपुरका विभिन्न क्रियाशील सङ्घसंस्थाले कोभिड–१९ न्यूनीकरण अभियान एकीकृतरूपमा सञ्चालन गर्ने उद्देश्यले कोभिड हेल्प डेस्क स्थापना गरेका हो । मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालय रहेको डेस्कको संयोजक सङ्घका अध्यक्ष कृष्ण कटुवाल रहेका छन् । हेटौँडा अस्पताल मात्र होइन अन्य अस्पतालमा उपचाररत बिरामीलाई पनि सहयोग गरिने कोभिड हेल्प डेस्कका सचिवालय सदस्य तथा नारायणी सङ्घ हेटौँडाका महासचिव सरोज खनालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...