Admission Open

ad place

इजिप्टले गाजाको भविष्यका लागि प्यालेस्टिनी सम्मेलन आयोजना गर्ने : हमास अधिकारी

१८ असोज (रासस/एएफपी) हमासका एक वरिष्ठ अधिकारीले इजिप्टले अमेरिकी युद्धविराम योजना अन्तर्गत बन्धकहरूलाई रिहा गर्न स्वीकार गरेपछि गाजा पट्टीको युद्ध पछिको भविष्य बारे निर्णय गर्न प्यालेस्टिनी गुटहरूका लागि सम्मेलन आयोजना गर्ने शनिबार बताएका छन् ।

इजिप्टले “प्यालेस्टिनी एकता र गाजा पट्टीको प्रशासनसहित गाजाको भविष्यका बारेमा अन्तर–प्यालेस्टिनी संवाद“ आयोजना गर्ने अमास अधिकारीललाई उदृत गर्दै एएफपीले जनाएको छ ।

हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम योजना अन्तर्गत गाजामा बन्दी बनाइएका बन्धकहरूलाई रिहा गर्ने बताएको छ । यद्देपी युद्ध समाप्त भएपछि प्यालेस्टिनी क्षेत्रबाट यसको निशस्त्रीकरण र निर्वासनको मुद्दालाई भने अझै सम्बोधन गरेको छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...