Admission Open

१४६ सांसदको रिट दायर: विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग

काठमाडौं १० जेठ/  विपक्षी गठबन्धनका १४६ सांसदसहित शीर्ष नेता सर्वोच्च अदालतमा रिट पेस गरेर फर्किएका छन् । दुई दिन लामो तयारीपछि विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेर फर्केका हुन् ।

रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी ९केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...