काठमाण्डौं, १९ साउन : नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दै छ ।
यही १६ साउनदेखि सुरु भएको स्थायी समिति बैठक चौथो दिन आज बिहान ११ : ०० बजे बस्दै छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।
त्यस्तै आइतबार १९ जना सदस्यले आफ्नो धारणा राखेका थिए ।