Admission Open

ad place

सुनसरी–मोरङका सेउती, बूढी र खेसलिया खोला आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

[ आज विहान सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले उक्त अनुरोध गरेको हो । ]

इटहरी (सुनसरी), ४ साउन : जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज विहान सूचना जारी गर्दै विभागले वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । विशेषगरी आज दिउँसोसम्म ती खोलामा पानीको बहाव बढ्दै जाने भएकाले खतराको सम्भावना बढेको विभागले जनाएको छ ।

यसैबीच, इटहरी उपमहानगरपालिका–३, २, ६ र ७ का केही स्थानमा बाढी पसेको छ । स्थानीय निकायले बाढीप्रति सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । विभागले खोलाका किनारामा बसोबास गर्ने तथा तटीय क्षेत्रमा जानुपर्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको ।

(
रासस )
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...