काठमाडौँ, १४ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ ।
शनिबार बिहान ९ बजे संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा बैठक बस्नेछ ।
बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा छलफल हुने जनाइएको छ ।
सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ ।