Admission Open

पाँच करोडको लागतमा भवन

वाग्मती, २८ वैशाख : वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–४ हुप्राचौरमा वडा प्रहरी कार्यालयको भवन निर्माण शुरु भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्ष २०७७र७८ मा रु ४० लाख ७४ हजार लागतमा भवन निर्माण शुरु भएको हो ।

यस वर्षदेखि भवन निमार्ण शुरु गरिएको भए पनि रु पाँच करोड ६० लाखको लागतमा पाँचतले भवन निमार्ण गरिने योजना छ । बाँकी रकम आगामी वर्ष पनि बजेट थप गरेर निमार्ण सम्पन्न गरिने बताइएको छ । आम नागरिकको सुरक्षा गर्ने प्रहरीलाई भाडाको घरमा राख्न हुन्न भनेर नगर विकासको नाममा रहेको जग्गा सहयोग गरेर मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण शुरु भएको नगरप्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...