
काठमाडौँ, ३२ जेठ : बुधबारको तुलनामा बिहिबार सुनचाँदीको मूल्य ८ सय रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन पनि प्रतितोला ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।


