
काठमाडौँ, ३१ वेशाख : आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेप्से परिसूचक १६.९६ अंक घटेर १८२१.६४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३।५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक घटेको छ।
यस दिन २६३ स्टकको २२ हजार ६ सय ८७ पटकको कारोबारमा ८९ करोड ९० लाख ९२ हजार रुपैयाँ बराबरको २७ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
त्यस्तै, दोर्दी खोला , हिमालयन उर्जा, श्वेत गंगा, कृषि विकास बैंक, हिमालयन हाईड्रोपावर, मकर जितुमाया, रिदि पावर, माया खोला र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य उकालो तर्फ लागेको छ । त्यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै अंकले घटेको छ। कम्पनीको शेयर मूल्य ६.३७ प्रतिशतले घटेको छ।
आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल यस दिन ६६ रुपैयाँ १० पैसा बढेर ७ सय२७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कम्पनीले आज २५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो।
१३ उपसमूहमध्ये यस दिन लगानी उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक १।१३ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक २ .२१ प्रतिशत घटेको छ।


