Admission Open

नेपाली युवाको सशक्तिकरण : कोका–कोलाको ’युथ डायलोग’ कार्यक्रम अवशर, अन्तर्दृष्टि सँगै प्रेरणा

काठमाडौँ : ’युथ डायलोग’ कार्यक्रमलाई कोका–कोला नेपालद्वारा प्रस्तुत गरिएको थियो जसमा तीन प्यानलिस्टहरू– शृष्टि केसी (ब्लाइंड रक्सका संस्थापक/अध्यक्ष), सम्पदा मल्ल (मिडिया व्यक्तित्व, लेखक, फिल्म निर्माता) र किरण नेपाली (प्रशिद्ध ब्याण्ड ’कुटुम्ब’का सदस्य तथा ’प्रोजेक्ट सारंगी’ का गुरु) को उपस्थिति रहेको थियो ।

’युथ डायलोग’ कार्यक्रमको प्रमुख विषय प्रेरणा र करियर रहेको थियो । उक्त विषयमा उहाँहरुले आफ्ना व्यक्तिगत शीप र कौशललाई प्रयोग गरेर नेपालको परम्परागत समाजमा कलाकारितामा कसरी अवशरको सिर्जना सकिन्छ भन्ने बारेमा बहस भएको थियो ।

२०० भन्दा धेरै विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमले नेपाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरूलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथसाथै त्यसमा आउने चुनौतीको सामना गर्दै, उत्साह र प्रेरणादायक सल्लाह प्रदान गर्न सफल भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...