Admission Open

ad place

इटहरीमा ५० शैयाको आईसोलेशन

सुनसरी : कोरोना संक्रमितको संख्या बृद्धि भएसंगै सुनसरीको इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन संचालन गरिने भएको छ । इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक वैठकले इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन संचालन गर्ने निर्णय गरेको मेयर द्वारिकलाल चौधरीले बताउनुभयो । आइसोलेसन संचालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिनुभयो । शव ब्यवस्थापनका लागि जमिनमा गाढ्ने संस्कार भएकाहरुका लागि इटहरी २ स्थित जंगलमा र जलाउने संस्कारभएकाहरुका लागि इटहरी ११ स्थित बुढिखोला भागलपुर पुलउत्तर पट्टिको स्थान तोकिएको छ । २५ जनासम्म मात्र सहभागी भएर स्वास्थ्यका सवै मापदण्डहरू पूरा गरि अन्तिम संस्कार गर्नुपर्ने नियम उपमहानगरपालिकाले लागू गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...