Admission Open

शाकाहारी आन्दोलन छोडेर प्रचण्डले मांशाहारी आन्दोलन थाल्ने

 काठमाडौं ४ माघ, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड–माधव समूह) ले आक्रामक र आवेगपूर्ण आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।
प्रचण्ड–माधव समूह सम्वद्ध अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओली र उनका मानिसहरुले सेटिङ भइसकेको छ भन्दै हिँडेकाले गर्जिनुपर्ने बेला आएको बताए । ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो । बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्‍यो ताकि प्रतिक्रान्तिकारीहरुको मुटु हल्लियोस्’ उनले अघि भने, ‘अब शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन ।
उक्त भेलालाई सम्बोधन गर्दै प्रचण्डले थपे, संसद विघटनविरुद्ध जनमत रहेको तर, आन्दोलनको स्वीच दबाउने काम युवा विद्यार्थीहरुको भएकोले युवाहरुनै जाग्नु पर्ने बताए । आन्दोलनको अग्रपंक्तिमा आफूसहितका नेताहरु रहने भन्दै प्रचण्डले भने, ‘टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’
आन्दोलनकारीको रक्षाका लागि आफ्नो टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए । नेपाललाई प्रतिगमनतिर लगेर फइदा उठाउने कुनै शक्तिले सोचेको छ भने त्योे भ्रम हो’ उनले थपे ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...