Admission Open

भारतीयलाई नेपाल प्रवेशमा प्रतिबन्ध

सुनसरी : कोरोना भाईरसले महामारीको रुप लिए पश्चात सुनसरीको नेपाल भारत सीमा क्षेत्रबाट भारतीय नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ । सुनसरीका नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरि भारतीयलाई नेपाल प्रवेशमा रोक लगाइएको हो ।

कोराना भाईरस नियन्त्रणका लागि सीमा क्षेत्रमा भारतीय नागरिकहरुको आगवनलाई बन्द गरिएको सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिनु भयो । उहाँले सुनसरीको भाण्टावारी, घुस्की, लौकही, देवानगन्ज, कप्तानगन्ज, हरिनगरा बर्जु लगायतका स्थानमा प्रयाप्त सशस्त्र प्रहरी परिचालन गरि यस क्षेत्रको सुरक्षा व्यबस्था कडा पारिएको जानकारी दिनु भएको छ ।

सशस्त्र प्रहरीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चौबिसै घण्टा सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको छ । सप्तकोसी परियोजनाका कर्मचारी वाहेक अन्य भारतीय नागरिकहरुलाई नेपाल प्रबेश बन्द गरिएको सशस्त्र प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनु भयो । सीमा क्षेत्रमा लुकिछिपी भारतीय नागरिक नेपाल प्रवेश गरेको पाइएमा उनीहरुलाई पक्राउ गरी संक्रमण ऐन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...