Admission Open

नेप्सेमा ७६.६५ अंकको वृद्धि, कारोबार ३ अर्ब ३६ करोड

काठमाडौँ, २४ माघ : साताको तेस्रो दिन सेयर बजार परिसूचक (नेप्से) ले छलाङ मारेको छ । गत साता निरन्तर ओरालो लागेको सेयर बजार यो साताको सुरुदेखि नै सामान्य बढ्दै आज उच्च अंकले बढेको हो । नेप्से आज ७६ दशमलव ६४ अंकले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ।

आज बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ। आज दुई सय ६० वटा कम्पनीका ९३ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकले १२ करोड ९२ लाख रुपैयाँको कारोबार गरेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ। यो मध्ये वाणिज्य बैंक समुहको सूचक ३२ दशमलव २४ अंकले बढेर १४ सय दुई दशमलव ५८ अंकमा चढेकोमा विकास बैंक समुहको सूचक पनि एक सय ८६ दशमलव २९ अंकले बढेर तीन हजार आठ सय ५९ दशमलव ८६ अंकमा चढेको छ।

जलबिद्युत समूहको सूचक पनि एक सय ३८ दशमलव १७ अंकले बढेर २७ सय ३८ दशमलव १७ अंकमा चढेकोमा जीवन बीमा समुहको सूचक पनि चार सय ६७ दशमलव २६ अंकले बढेर १० हजार नौं सय ९३ दशमलव छ अंकमा चढेको छ ।

निर्जिवन बीमा समुहको सूचक पनि तीन सय ९३ दशमलव ३९ अंकले बढेर नौं हजार चार सय १६ दशमलव २४ अंकमा पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...