Admission Open

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा पछिल्लो समयमा सुनको मूल्यले नयाँ नयाँ रेकर्ड बनाएको छ । बुधबार तोलामा ५ सय रुपैयाँले बढेको सुन बिहीबार पुनः तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ । आज तोलामा १२ सयले बढेसँगै सुनले फेरि नयाँ ऐतिहासिक  रेकर्ड बनाउन पुगेकाे छ ।

तोलामा १ हजार २ सय रुपैयाँले बढेसँगै बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भई कारोबार भइरहको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ ।  तोलामा २५ रुपैयाँले बढेसँगै आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । केही समयदेखि सुनचाँदीको भाउमा उतारचढाव कायमै छ । पछिल्लो समयमा सुन लगातार बढी नयाँ रेकर्ड कायम गरिरहेको छ । सुनको मूल्य उच्च हुँदा ग्राहकहरू मर्कामा परेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...