Admission Open

ईसीबीले ब्याज दरहरूको पुनः समायोजन गर्ने

काठमाडौँ : यूरो समूहले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको समय युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले बिहीबार नयाँ दर वृद्धि गर्दै आफ्नो मुद्रास्फीतिविरूद्धको प्रयासलाई  अगाडि बढाउने अपेक्षा गरिएको छ ।

युक्रेनमा रुसको आक्रमणपछि यूरोको एकल मुद्रा प्रयोग हुने ऊर्जा र खाद्य लागत बढेपछि ईसीबीले आफ्नो इतिहासमा मौद्रिक नीति कडाइको सबैभन्दा कडा कदम सुरु गरेको थियो ।

ईसीबीले उपभोक्ता मूल्य वृद्धिलाई नियन्त्रण गर्न जुलाईदेखि ब्याज दरहरू २.५ प्रतिशत बिन्दुले बढाएको थियो, जुन अक्टोबरमा १०.६ प्रतिशतमा पुगेको थियो । यो बैङ्कको लक्ष्यभन्दा पाँच गुणाले बढी हो ।

अझै पनि ब्याजदरहरू उच्च भए तापनि मुद्रास्फीति सुस्त हुन थालेको छ, जसले ईसीबीको प्रयास उपलब्धिमूलक हुने आशा जगाएको छ ।

युरोपको अर्थतन्त्र फेरि बढ्न थालेको एक प्रमुख सर्वेक्षणसहित आएका हालैका तथ्याङ्कले पनि युरोजोनले तीव्र मन्दीबाट बच्ने आशा जगाएको छ ।

ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले बारम्बार ब्याजदर स्थिर गतिमा बढ्ने र बैङ्कले बिहीबार ५० (आधार विन्दु) को अङ्कको वृद्धिमा सहमति जनाउने अपेक्षा गरेका छन् ।

“ईसीबीको काम पूरा नभएकोले ५० (आधार बिन्दु) दर वृद्धिको कारण स्पष्ट छ,” आईएनजी अर्थशास्त्री कार्स्टन ब्रेजेस्कीले भने । (रासस-एएफपी)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...