Admission Open

ad place

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश : भोलि छुट्ने

काठमाडौँ, २८ पौष : नाबालिका बलात्कार गरेको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो ।

उनीसँग २० लाख रुपैयाँ माग गरिएको र विदेश जान रोक लगाइएको छ । एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
लामिछानेले भोलि मात्र थुनामुक्त हुने भएका छन् ।

 

 

टिप्पणिहरु
Loading...