Admission Open

ad place

आजको मौसम : पहाडमा आंशिक बदली, हिमाली भूभागमा हल्का हिमपात र तराईमा हुस्सु लाग्ने

काठमाडौं, २६ पौष : मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार तराईको मौसममा केही सुधार आएको छ । दुई सातादेखिको शीतलहर क्रमशः कम हुँदै गएको छ भने धेरैजसो क्षेत्रमा दिउँसोपख हल्का घाम लाग्न थालेको छ । यद्यापि, साँझबिहान भने हुस्सु र कुहिरो कायमै छ ।

महाशाखाका अनुसार आज दिउँसो पहाडमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

त्यस्तै राति उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको महाशाखाले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...