Admission Open

ad place

प्रतितोला रु ८ सयले घट्यो सुनको मूल्य, चाँदीको पनि घट्यो, हेर्नुहोस कतिमा हुँदैछ कारोबार

काठमाडौं, २२ पौष : आज नेपाली बजारमा पँहेलो धातुको मूल्य घटेको छ । पछिल्लो समयमा लगातार बढेको सुनको मूल्य साताको अन्तिम कारोबारको दिन शुक्रबार भने घटेको छ । मंगलबारदेखि लगातार बढेको सुनको मूल्य शुक्रबार प्रतितोला ८ सयले घटेको हो ।

तोलामा ८ सयले घटेसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि लगातार ओरालो लागि रहेको छ । बिहीबार तोलामा १५ रुपैयाँले घटेको चाँदीको मूल्य शुक्रबार पनि २० रुपैयाँले घटेको छ । तोलामा २० रुपैयाँले घटेसँगै चाँदी शुक्रबार प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तोलाको १ हजार ३ सय ८५ रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...