Admission Open

हाम्रो दैनिक जीवनलाई स्वस्थ्य राख्ने केही उपायहरू

# दीर्घराज प्रसाई

हाम्रो दैनिक जीवनलाई कसरी स्वस्थ्य राख्ने भन्ने कुरा मेरा अनुभवबाट परिष्कृत हाम्रो जीवनमा परिआउने समस्याबाट मुक्त हुने केही उपायहरू एकपटक हेरौं !
हामी कसैमा दाँतको रोग छ भने, दाँतको रोगबाट बच्न खाना खाएपछि सँधै बिहान २ वटा र बेलुका २ वटा ल्वाड चपाइरहने हो भने दाँतको रोग कहिले लाग्दैन । यदि दाँतमा रोग लागेके छ भने पनि एक (२ हप्तामा सबै निको हुन्छ । रिफिल गरिरहनेका लागि र बंगारा दुख्नेहरुको पनि दुख्न छोड्छ र बिस्तारै निको हुन्छ ।

रुघा –घोखी लाग्ने संकेत हुनसाथ, दुई चम्चा जति जिरा, एक चम्चा ज्वानो, थोरै नुन हालेर दुई गिलास पानी उमाल्ने र उम्लेर डेड ग्लास भएपछि तातो हुँदाहुँदै मन तातो पानी राम्रो बेसारको ढुटो एकचम्चा सिधा घाँटी लगाएर निल्नु पर्छ । बाँकी जिरा पानी थर्मसमा राखेर एकएक घण्टामा खाने । यसले धेरै फाइदा गर्छ । अरुबेला सामान्य खोकी, रुघा लागेमा बेसारको सानो एकचम्ची ढुटो मनतातो पानीसँग खाएपछि त्यसले नियन्त्रण भइहाल्छ ।

बेसार ठूलो एन्टिवायोटिक हो । रुघा–खोकी अलि बढी लागेको छ भने पानी उमालेर त्यसको वाफ लिने र त्यसपछि माथि भनेको उमालेको जिरा पानी र बेसारको ढुटो खाएर सुत्ने । बर्षा भए पातलो कपडा र जाडो भएमा मफ्लरले घाटी र टाउको बाँधेर सुत्ने गर्नु पर्छ ।

घाँटी दुखेको छ, जिब्रामा घाउ वा जिब्रामा खटिरा लागेको छ भन्ने लागेमा बिहान, दिउँसो जुनसुकैबेलामा आधा चम्चा जिरालाई हत्केलामा राखी सफा गरेर मुखमा राखेर चपाइरहने, त्यसो गरेपछि निको हुन्छ । ज्वरो आउन खोजेको जस्तो लाग्यो भने पनि त्यसरी नैं जिरा बिहान बेलुका चपाइरहने ।

हामीहरुलाई ग्यास्टिकबाट बच्न, फोक्सो, मुटु र मस्तित्कमा अस्सिजनको मात्रा जीवन्त राख्न, किड्नीलाई सँधै स्वच्छ राख्न, यो प्रणायामलाई सँधै निरन्तरता दिनुपर्छ । यसको लागि ब्यूँझिनेसाथ, ४।३०देखि ढिलोमा ५।३० सम्ममा सिरानी फालेर, खुट्टा सिधा राखेर, दुई हात सिधा पारेर राख्ने र दुबै हातका बुढी औला र चोरऔंला बिस्तारै जोड्ने, त्यसपछि बिस्तारै नाँकबाट श्वास तानेर भुडीमा भर्ने अनि एकछिन राखेर मुखले बिस्तारै फाल्ने, त्यसपछि छातीमा त्यसरी नैं भर्ने, त्यसरी नैं बिस्तारै फाल्ने, त्यसपछि टाउकातिर बिस्तारै नाकैले श्वास तान्ने र बिस्तारै मुखले फाल्ने गर्नुपर्छ । यो ५ पटक गरेपछि दुईखुट्टा दोबारेर दुबै हातले पिडुँला समातेर ७।१० बटक बरक् बरक्क कुडुलो परेर जुरुक्क उड्नुपर्छ । त्यसपछि पलेटी मारेर दुबै हातका बुढी औला र चोरऔंला बिस्तारै जोडेर, बिस्तारै नाँकबाट श्वास तानेर नाकैबाट बिस्तारै फाल्नुपर्छ । उठेकाबेला नाकैले श्वास फेर्ने हो र सुतेका समयमा मात्र हो मुखले फाल्ने हो।

शरीरमा अक्सिजनको मात्रा ठीक गर्न विहान उठेर पलेटी मारेर दुईृ हातका चोर औला र बुडी औला बिस्तारै जोडेर घुडामा राख्ने र बिस्तारै नाकले लामो सास तानेर छाती भर्ने, छाती भरिएपछि बिस्तारै नाकैले छोड्ने, यो प्रक्रिया ५ पटकसम्म गर्ने । यसो गरेपछि कहिले कहिले टाउको दुख्न पनि छोड्छ ।

हामी मध्ये कसैको पाखुरा दुख्ने गर्छ । अक्सर कम्युटरमा धेरै समय बस्नेहरूलाई र धेरै समय हालते हतियार चलाउने गर्दा पनि पाखुरा दुख्ने गर्छ । यसको लागि बसेर प्राणायााम गरिसकेपछि, एउटा हात, हातका पञ्जा खुला राखेर माथि लाने र तल घुडामा राख्ने, त्यसपछि अर्को हात माथि लाने र त्यसैगरी बिस्तारै तल झारेर घुडामा राख्ने, यो क्रम ५० पटक गर्नुपर्छ । अनि बिस्तारै केहीदिनमा पाखुरा दुख्न छोड्छ । यो क्रम यो क्रम बसेर पलेटी मारेको समयमा नैं गर्नुपर्छ ।

त्यसपछि ओछ्यानमा बसेकै ठाउँमा कपालभाँती र बटर फयाई १०० पटक ओछयानमा बसेकै ठाउँमा गर्नु पर्छ । बटरफयाई गर्दा हातले दुई पाइताला समात्ने र घुँडाले भूँई छुएको हुनुपर्छ । यसले प्यांक्रियाज, किड्नी सक्रिय राख्ने र मोटोपनलाई पनि घटाउने काम गर्छ ।

आफ्रनो स्वस्थ्यलाई ठीक राख्न झर्को मान्नु हुँदैन । अव दुई हातले घाँटी बाध्न र कुहिनो जोड्ने, जोडेको कुहिनोले भँई छुने र बिस्तारै श्वास तान्दै अघिको ठाउँमा जोडेको हात लाने र बिस्तारै श्वास छोड्दै भूई छुने । यो प्रक्रिया दुई पटक गरेपछि दूबै हात पसार्नै र तल माथि तल माथि २५ पटक जति हल्लाउने र त्यसपछि दुबैहातलाई वारपार वारपार २५ पटक गर्ने । यसलाई मन्टुका आसन भनिन्छ । घाती, पेट, मष्तिष्कलाई स्वस्थ्य राख्छ ।

त्यसपछि ओछ्यानमा रहेकाबेलाको दुबै खुट्टा पसारेर फार्ने, त्यसपछि एउटा हालते पाइताला छुने, अर्को हात तुरुन्तै पछाडि ढाडमा लाने, यो क्रम कम्तीमा १०० पटक गर्ने । यसो गर्नाले प्यांकक्रियाज् सुक्न पाउँदैन, प्यांकक्रियाजमा अक्सिजन भरिन्छ, प्यांक्रियाज सँधै भिजेको, रयाले, हुनुपर्छ । सुगरका बिमारीको लागि यो रामबाणा हो । यसले किड्नी स्वश्थ्य राख्ने र मोटोपनलाई पनि फाइदा गर्छ । यो अत्यन्त उपयोगी क्रम हो ।

ओछ्यानमा गरिने प्रणायाामको अन्त्यमा दुबै खुट्टा पसारेर सुत्ने र लामो श्वास बिस्तारै दुई पटक नाकले लिएर बिस्तारै मुखले श्वास फेनै अनि उठ्ने ।
त्यसपछि ओछयानबाट उठेर तल उभिने र अनि तल माथि तल माथि गरेर कुरकुच्चा नछोडी, तलमाथि तलमाथि, सय पटक उफ्रिने । यसले शरीरलाई सक्रिय ख्ष्दचबतभ बनाउँछ । त्यसपछि केही कुप्रो परेर सय पटक नैं त्यही ठाउँमा उताउती गरेर दौडिने, त्यसपछि दुइ ग्लास मनतातो पानी (तामाको भाडोमा राखेको पानी भए राम्रो हुन्छ) पिएर टुवाटेट जाने ।
कसैकसैलाई कब्जियतको रोग हुन्छ । कब्जियतबाट बच्न पहिला जेजति दिशा आउछ कनेर गर्ने, त्यसपछि मुख र गिजा बाध्ने, मुख र गिजा बाधेपछि मुखमा पानी भरिन्छ, मुखको पानी निल्दै जाने, फेरि निल्ने, मुखको पानी निल्दै गर्दा गलल दिशा हुन्छ । जतिढिला भएपनि यो प्रोसेसबाट दुइपटक दिशा गएपछि कब्जियत हुँदैन । तर सँधै यहीक्रम जारी राख्नु पर्छ । यो प्राकृतिक चिकित्सक डा। काशीराज उपाध्यायबाट प्रतिपादित कुरा हो ।


त्यसपछि चिया पकाएर तातो चिया खाने । पानीमा चिया पत्ति हालेपछि सकेसम्म दालचीनी, मरिच, अदुवाको धुलो, दुईचार पुदिनाका मुन्टा, ५।७ वटा तुलसी पत्ता हालेर उमाल्ने । चिया उमाल्दा चीनी, दुध सँसँघै उमाल्नु हुन्न । दुध छुट्टै उमाल्ने अनि ग्लासमा हालेर खाने । चिनी खानेले चिनी हालेर फिटेर खाने । यसरी उम्लेको चिया खाएपछि बाँकी चियालाई नफाली त्यसलाई छोपेर राख्ने र कुनबेला फेरि खाने केही चिया थपेर फेरि दिनमा वा साझमा पनि उमालेर पिउने र पछि फाल्ने । जसरी होस् चीसोबाट बाँच्नु पर्छ ।

बुढा–पाकाहरु अथवा अरु हामी कसैलाई भिटामित ‘डी’ कम भएको हुन्छ । हड्डी दुख्ने, घुँडा दुख्ने भिटामिन ‘डी’ कम भएपछि हुन्छ । यसबाट मुक्त हुन हाम्रो शरीरले भिटामिन ‘डी’ खोज्छ । यसको लागि विहान घाम लागेपछि जाडोमा बिहान ९ बजेदेखि ११ बजेसम्म र चैत्रदेखि असोजसम्म बिहान ८ बजेदेखि १० बजेको समयमा शरिरका लुगा र गन्जी खोल्ने र घुडासम्म लुगा सारेर घामतिर फर्केर १० । १५ मिनेट र घाम पछाडि पारेर १०।१५ मिनेटसम्म १०।१५ मिनेटसम्म २० मिनेट वा आधा घण्टासम्म घाम ताप्ने । यो भिटामिन ‘डी’ को लागि रामबाँण हो ।

हामीले एक ग्लास मनतातो पानीमा आधा कागती बिहान (दिउसो जुनबेला भएपनि खाने बानी गरे, भिटामीन ‘सी’ पनि हुन्छ, राम्रो हुन्छ ।

बिहान उठेर प्राणयामकै बेला ओछयानमा नैं दुइृटा हात सास तान्दै तान्दै बिस्तारै माथि आकासमा लाने र एकछिन रोकेर सास फेर्दै फेर्दै बिस्तारै तल झार्ने, यो ५ पटक गर्ने । यस्लेले शरीरमा अक्सिजन पर्याप्त हुन्छ । यो क्रम घाम तापेको समयमा घामतिर फर्केकाबेला फेरि दुर्इटा हात सास तान्दै तान्दै बिस्तारै माथि आकासमा लाने र एकछिन रोकेर सास फेर्दै फेर्दै बिस्तारै तल झार्ने, ५ पटक गरेमा अरु राम्रो हुन्छ ।

हिड्नु उक्तम् व्यायम हो । यसरी हिड्दा प्रदूषरहित ठाउँ खोजेर कम्तीमा आधा घण्टा छिटोछिटो हिड्ने बानी गर्नुपर्छ । बाहिर हिड्ने बातावरण नभएमा घरकै छेउछाउ वा छानामा कम्तीमा २०।२५ मिनेट विहान छिटो छिटो वम्केर हिड्नु पर्छ ।

६० बर्ष लाघेकाहरुलाई भिटाभीन ‘सी’ को कमी हुनुहुन्न। त्यसको लागि खानासँग काक्रो, मूला, गाँजर, सकेमा चुकन्दरका चानो खाने । हरियो खुर्सानीमा धेरै प्रतिशद भीटामीन ‘सी’ हुन्छ । हरियो खुर्सानी खानसँगै पूरा वा आधा खाने । त्यस्तै मूला खाएमा पाएल्सलाई पनि फाइदा गर्छ । पायल्स हुनेहरुले बिहान टुवाइलेटबाट फर्केपछि पायल्स हुने ठाउँमा कोल्डक्रिम दल्ने गर्नुपर्छ । यो भाग सुक्नु हुँदैन, सँधै चिप्लो रहिरहनु पर्छ ।अलिदिन दिनहुँ लाउने र पछि पछि हप्तामा एकपटक र दुखेको जस्तो भएमा अरुबेला पनि क्रिम दल्ने गर्नुपर्छ ।

हामी मध्ये कसैकसैलाई राती सुतेको बेलामा पिडुला बाँउडिने समस्या आउछ । यसको लागि सुत्नुभन्दा पहिला भुइँमा बसी दुबैखुट्टा पसार्ने र एउटा खुट्टाको पाइताला भएतिर दोबार्न खोज्ने र तुरन्तै उठाएर जोड गरेर पिँडुलातिर दश पटक दोब्य्राउने, यो क्रम ३ पटक गर्ने त्यसपछि अर्को खुट्टालाई पनि त्यसै गर्ने । त्यसपछि दुबै खुट्टा जोडेर पाइतलातिर दोबार्ने र पिँडुलातिर १० पटक दोवार्ने गरेका सञ्चो हुनथाल्छ । यो गरेपछि जुरुक्क उठेर, सिधा भएर, खुट्टा उठाएर जोडगरेर पिडुल्लातिर तान्ने र त्यसैबेला हात पनि यो बिस पटक तुरुन्तै आकासतिर लगेर तुरुन्तातुरुन्तै तल झार्ने । यो दुबै खुट्टा र हातले गरेपछि सुत्न जाने ।

राती खुट्टा बाउँडेमा जुरुक्कै उठेर खुट्टा फर्केको अर्कोपट्टिको हात माथि आकासमा तन्काएर लाने, यसो भएपछि आराम भइहाल्छ ।

हो, कसैको राती खुट्टा पोल्ने समस्या हुन्छ, यसको लागि माथि बसेको जस्तो गरेर खुट्टाको पाइतालामा दाइने हातले ५० पटक वारपार कसेर थोरै तेलले मालिस गर्ने । यसो गर्ने गरेमा पाइतला पोल्न छोड्छ ।

यदि हामीहरु मध्ये कसैलाई यूरिक एसिड छ भने बिहान घोडथाप्रे चपाउने । धेरै भेटिए जरा पात समेत चपाएर निल्ने । अहिले चैत्र १५ गतेदेखि अशोज भरी घोडथाप्रे पाइन्छ । आफ्रनो बारी, काल्ला वा कुलाको किनारामा पाइन्छ । उखलेर ल्याउने र ३।४ गमलामा रोप्ने । केहीदिनपछि त्यही गमलाबाट झिकेर पखालेर खाए हुन्छ । पहिलो साल बाहिरबाट खोजेर ल्याउने र बिहान बिहानै अर्थात खानाखानुभन्दा पहिला खाने बानी बसाल्नु पर्छ । नियमित खायो भने यूरिक एडिस निको हुन्छ । घोडथाप्रे धेरै भेटिएमा उखालेर ल्याउने र फ्रिजमा राखेर पखालेर खाने । धेरै भए पखालेर ग्यान्डरमा हालेर झोल बनाउने र सिसामा भरेर फ्रिजमा राख्ने र बिहान ३ चम्चा झोल भिकेर आधा ग्लास तातोपानी मिसाएर खाने । घोडथाप्रे जस्तो रामबाँण यूरिक एसिडको लागि केही छैन ।

यी सबै कुरा लगायत कुनै प्रकारको रोग सुगर, प्रेसर, थाइराइड (थाइराइड हुनेहरुले बिहान छानामा घुम्न गएको समयमा ५।७ पटक लामो ॐ भन्ने गरेमा घाँटीलाई फाइदा हुन्छ र थाइराइडलाई पनि सञ्च हुनसक्छ) वा अन्यरोग लागेर डाक्टरले दिएको दबाइलाई डाक्टरले भनेअनुसार नियमित रुपमा खाइरहनु पर्छ ।  अरु यस्ता कुनै समस्या छन् भने मेसेज गर्नु होला, सकेसम्म म सुझाव पठाउने छु ।
– Email:dirgharajprasai@gmail.com

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...