Admission Open

नेपाल टेलिकमको (Group SMS) सेवा प्रभावकारी

सेवा लिन आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्ने र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनुपर्ने

काठमाडौँ : नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश (Group SMS) सेवा प्रभावकारी बनेको टेलिकमले जनाएको छ । उक्त सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिने टेलिकमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

टेलिकमको यस सेवा अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्ने उल्लेख छ । यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको र जम्मा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत रु. १००० (एक हजार,करबाहेक) मा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिने जनाएको छ ।

यसैगरी ५ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. २,५०० (पच्चिस सय,करबाहेक) मा ५ (पाँच) दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिने साथै १०,००० (द श हजार) वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. ५,००० (पाँच हजार,करबाहेक) मा १० दिन (दश दिन) भित्रमा जम्मा १०,००० हजार वटा सन्देश पठाउन सकिनेछ । यस अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिन्छ ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनुपर्नेछ ।

यो सेवा प्रयोग गर्नका लागि httpsM//groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो Contact मा भएका नम्बरहरु Excel Sheet मार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...